IME Life New

एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे ४ अर्ब बीमा शुल्क, कुनको व्यापार कस्तो? (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा २२ लाख १६ हजार ४२ वटा बीमालेख विक्री गरी ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

बीमा समितिको तथ्याङक अनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले एक महिनामा ८४ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३५ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीले ३३ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी यो एक महिनामा सगरमाथा इन्स्योरेन्स कम्पनीले ३२ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३० करोड ६२ लाख, नेको इन्स्योरेन्सले २७ करोड १० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले २३ करोड ४ लाख, प्रिमियर इन्स्योरेन्सले २१ करोड २५ लाख, ओरिएण्टल इन्स्योरेन्सले १९ करोड ५८ लाख, नेशनल इन्स्योरेन्सले १७ करोड ४८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले १७ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

त्यस्तै, यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १६ करोड ६४ लाख, अजोड इन्स्योरेन्स कम्पनीले १६ करोड १४ लाख, आइएमई जनरल इन्स्योरेन्सले १५ करोड ६७ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १३ करोड ६५ लाख, जनरल इन्स्योरेन्सले १२ करोड २५ लाख, यूनाइटेड इन्स्योरेन्सले १० करोड ४० लाख, सानिमा जनरलले १० करोड ३५ लाख र प्रभु इन्स्योरेन्स कम्पनीले १० करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS