IME Life New

एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको ब्यापार ३ अर्ब ९ करोड, कुनले कति गरे ? (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को भदौ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले भदौ महिनासम्ममा भने ७ अर्ब ८ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले भदौ महिनासम्ममा ४ लाख ८ हजार ९७३ वटा बीमालेख जारी गरी ७ अर्ब ८ करोड ४८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् भने भदौ महिनामा मात्रै १ लाख ९५ हजार १७० वटा बीमा पोलिसी विक्री गरी ३ अर्ब ९ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरका हुन् ।

भदौ महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । यस कम्पनीले यस अवधिमा ३६ करोड ३१ लााख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३२ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ३० करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २७ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २४ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २१ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसीले २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले १८ करोड ८३ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले १८ करोड ८१ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले १६ करोड ३६ लाख, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १२ करोड २७ लाख, नेशनल इन्स्योरेन्स कम्पनीले १० करोड ४५ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले ९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS