IME Life New

‘एक्स’ मा ठूलो बदलाव, अब अरुले देख्न पाउने छैनन् तपाइँको लाइक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल साइट ‘एक्स’ मा केही कन्टेन्ट लाइक गरेर मानिसहरु प्रायः ट्रोलको सिकार बन्छन्। अब यो हुने छैन। किनकि एक्समा लाइकहरु प्राइभेट बनाइएका छन्। यदि तपाइँले एक्समा कुनै पनि प्रकारको कन्टेन्टमा लाइक गरेमा अरु कसैलाई यसका बारेमा थाहा हुने छैन।

एलन मस्कले आफ्नो एउटा पोस्टमा भनेका छन्, ‘एक्समा महत्वपूर्ण परिवर्तन, तपाइँका लाइक अब प्राइभेट बनाइएका छन्।’

Esewa
Crest

मस्कले एक्स इन्जिनियरिङबाट एउटा पोस्ट शेअर गरेका छ। जसमा भनिएको छ, ‘यदि तपाइँले एक्समा कुनै पनि कन्टेन्टमा लाइक गर्नुभयो भने त्यो तपाइँले मात्रै देख्नुहुनेछ र अन्य मानिसले यसलाई हेर्न सक्ने छैनन्। लाइक काउन्ट र अन्य मेट्रिक्स तपाइँको आफ्नै पोस्टहरुका लागि मेसेज बक्समा देखा पर्नेछ।’

एक्स इन्जिनियरिङका तर्फबाट गरिएको पोस्टमा तपाइँले पनि कसको पोष्ट क–कसले लाइक गरे भन्ने देख्न नपाउने उल्लेख छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS