IME Life New

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, मर्जर मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले साधारणसभा असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने १७ औँ वार्षिक साधारणसभाको अजेन्डालाई निरन्तरता दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउने जिम्मेवारी सञ्चालन समितिलाई दिने प्रस्ताव सभाले पारित गर्नेछ।

Esewa
Crest

सभाले मर्जर तथा प्राप्ति गर्नेलगायतका अन्य आवश्यक विषयका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असार १७ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १७ गते अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS