IME Life New

एकैदिन बैंकिङ प्रणालीमा थपियो रु. १७ अर्ब निक्षेप, कर्जाको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ थपिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २५ गते बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ७९ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

भदौ २५ मा वाणिज्य बैंकहरुको मात्रै निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ थियो। भदौ २५ मा अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप भने १ अर्ब रुपैयाँले घटेको छ।

भदौ २५ मा बैंक तथा वित्तीय कुल कर्जा लगानी ५२ खर्ब ९ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५२ खर्ब १३ अर्ब रुपैयाँ थियो। कर्जा लगानी भने ४ अर्ब रुपैयाँले घटेको छ।

निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो फेरि घटेर ७८.८० प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७९.०२ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS