IME Life New

एआईले मानिसको जागिर खाला कि सिर्जना गर्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दायरा तीव्र विस्तार हुँदै गर्दा श्रमजीवी जनतामा यसका बारेमा चासो र जिज्ञासा निरन्तर बढ्दै गएको छ। कतिपय ठाउँमा जागिर गुम्ने डर छ भने कतिपय ठाउँमा यो नयाँ क्षेत्रमा उपलब्ध रोजगारीका अवसरहरुमा गहिरो नजर छ। आखिर एआईमा भविष्य खोज्नेहरुका लागि कति प्रकारका काम उपलब्ध हुनेछन् भन्ने कुरा हायरिङ प्लेटफर्म इन्डिड रिपोर्टको भर्खरको सर्वेक्षणमा खुलासा गरिएको छ।

सर्वेक्षणअनुसार मेसिन लर्निङ एआईमा यस्तो सेगमेन्ट हुनेछ, जहाँ धेरैजसो रोजगारी सिर्जना हुनेछ। करिब ४२ प्रतिशत एआई जागिरमा मेसिन लर्निङको माग हुने सर्वेक्षणमा उल्लेख छ। त्यहीँ पाइथन स्किलको माग ४० प्रतिशत जागिरमा हुनेछ। यो सीप एआई र मेसिन लर्निङमा धेरै उपयोगी छ।

Esewa
Crest

एआईको ३६ प्रतिशत कामहरुमा माग हुनेछ। यसका साथसाथै २३ प्रतिशत एआई जागिरहरुमा कम्युनिकेसन स्किलको पनि माग रहनेछ र एआई सम्बन्धित कामको २० प्रतिशतमा नेचुरल ल्यांग्वेज प्रोसेसिङ पनि आवश्यक हुनेछ।

सर्वेक्षणअनुसार एआईसँग सम्बन्धित अन्य सीपहरुका बारेमा कुरा गर्दा टेन्सरफ्लो समावेश रहेको छ। यसको एआईसँग सम्बन्धित जागिरमा १९ प्रतिशत माग हुनेछ।

यसैगरी डाटा साइन्सको १७ प्रतिशत, एडब्ल्यूएस र डिप लर्निङको १४ प्रतिशत, जाभाको ११ प्रतिशत, अजुरको ११ प्रतिशत, इमेस प्रोसेसिङ र एसक्यूएलको १०–१० प्रतिशत, पेटर्चको ९ प्रतिशत र एगिलको ८ प्रतिशत एआईसँग सम्बन्धित जागिरको माग हुनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS