IME Life New

ऋण उठाउन इन्भेस्टमेन्ट मेगा बैंकलाई सकस, वितरणयोग्य नाफा पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई विगतमा विस्तार गरेको कर्जा असुलीका लागि सकस परेको देखिएको छ। बैंकको वित्तीय विवरणले पनि कर्जा असुलीमा निकै चुनौती रहेको देखाएको हो।

गत आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा यो बैंकको निष्क्रिय कर्जा कुल कर्जाको बैंकको निष्क्रिय कर्जा १.२१ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० यस्तो कर्जा १.६६ प्रतिशत थियो।

Esewa
Crest

अघिल्लो आवको तुलनामा गत आवमा निष्क्रिय कर्जामा थोरैमात्रै सुधार गर्न सकेको बैंकको पछिल्लो वित्तीय विवरणले स्पष्ट पारेको छ। गत आवको पहिलो त्रैमासमा ४.८३ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा दोस्रो त्रैमासमा ४.७५ प्रतिशत, तेस्रोमा ४.६६ प्रतिशत रहेको थियो। चौथो त्रैमासमा भने १.२१ प्रतिशत मात्रै रहेको छ।

कर्जा असुलीमा विभिन्न चुनौती आउँदा बैंकको लोन लस प्रोभिजनबापतको रकम बढेको छ। बैंकले लोन लस प्रोभिजनबापत ३ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो आवमा यस्तो प्रोभिजन ३ अर्ब ५ करोड रुपैयाँमात्रै छुट्याइएको थियो।

बैंकको नाफा बढे पनि वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड रुपैयाँले ऋणात्मक छ। यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.२३ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ। पहिलो त्रैमासमा १७.८४ रुपैयाँ रहेको ईपीएस चौथो त्रैमासमा आइपुग्दा १५.२३ रुपैयाँ रहेको छ।

बैंकको कर्जा प्रवाह १ वर्षको अवधिमा जम्मा १.५४ प्रतिशत बढेको छ। असार मसान्तसम्म बैंकले ३ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

त्यस्तै निक्षेप संकलन भने १३ प्रतिशत बढेको छ। असार मसान्तसम्म निक्षेप संकलन ४ खर्ब ३ अर्ब रुपैयाँ छ। ३४ अर्ब १२ करोड चुक्तापुँजी रहेको बैंकको रिजर्भमा ३० अर्ब ५६ करोड रुपैयाँ छ। बैंकको निष्क्रिय कर्जा १.२१ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १.६६ प्रतिशत थियो।

बैंकको नाफा ३९ प्रतिशत बढेको छ। वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५ अर्ब १९ करोड रुपैयाँ छ। अघिल्लो आर्थिक वर्ष नाफा ३ अर्ब ७२ करोड रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी बढ्नुले नाफामा टेवा पुगेको छ। यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १२ अर्ब ३० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १५ अर्ब १ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS