IME Life New

ऋणको ब्याजदर औषत २० प्रतिशतसम्म घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक वर्षको अवधिमा बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा कर्जाको ब्याजदर पनि औषत २० प्रतिशतसम्म घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको तथ्याङ्क अनुसार कर्जाको आधारदर वाणिज्य बैंकको औसत १७.६४ प्रतिशत र विकास बैंकको १९.७३ प्रतिशत घटेको हो ।

बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः घट्छ । बैंकहरूको आधारदर घट्नु नै कर्जाको ब्याजदर घट्नु हो ।  जसआधारमा २०७९ चैतको तुलनामा बैंकहरूको कर्जाको लागत पनि घटेको हो । बैंकहरूको आधारदर घट्दा कर्जाको ब्याजदर पनि घट्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो बैंकको ब्याजदर पनि त्यतिनै कम हुँदै जान्छ ।

Esewa
Crest

चैत मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जाको आधादर औसत ८.६४ प्रतिशतमा झरेको छ । जबकी गत आर्थिक वर्षको चैतमा १०.४९ प्रतिशत आधार दर थियो । एक वर्षको अवधिमा वाणिज्य बैंकको आधार दर १७.६४ प्रतिशत अर्थात् १.८५ प्रतिशत बिन्दु घटेको देखिन्छ ।

समीक्षा अवधिमा सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकले आधार दर २९.५५ प्रतिशत घटाएर ६.५३ प्रतिशत बिन्दुमा झरेको छ । यस्तै, सानिमा बैंकले २१.४४ प्रतिशत घटाएर ८.३५ प्रतिशत बिन्दु, प्रभु बैंकले २१.१७ प्रतिशत घटाएर ८.७५ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकले २०.६८ प्रतिशत घटाएर ८.९७ प्रतिशत बिन्दुमा आधार दर झारेका छन् ।

नेपाल बैंकले १९.४५ प्रतिशत घटाएर ७.९९ प्रतिशत बिन्दु, सिटिजन्स बैंकले १९.२९ प्रतिशत घटाएर ८.९९ प्रतिशत बिन्दु, नेपाल एसबिआई बैंकले १९.२२ प्रतिशत घटाएर ८.९५ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकले १९.०४ प्रतिशत घटाएर ८.४६ प्रतिशत बिन्दुमा आधार दर झारेको छन् ।

एभरेष्ट बैंकले १८.२० प्रतिशत घटाएर ८.१३ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकले १७.७६ प्रतिशत घटाएर ९.१२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकले १७.३० प्रतिशत घटाएर ८.८४ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकले १६.९५ प्रतिशत घटाएर ८.५२ प्रतिशत बिन्दु छ ।

नबिल बैंकले १६.३१ प्रतिशत घटाएर ८.३६ प्रतिशत बिन्दु, प्राइम बैंकले १५.८० घटाएर ९.२७ प्रतिशत बिन्दु, कृषि विकास बैंकले १५.४८ प्रतिशत घटाएर ८.६८ प्रतिशत बिन्दु, एनआइसी एशिया बैंकले १५.४५ प्रतिशत घटाएर ८.८६ प्रतिशत बिन्दु, एनएमबि बैंकले १३.७६ प्रतिशत घटाएर ९.१५ प्रतिशत बिन्दुमा आधार दर झारेको छ । राष्ट्रिय वाणिज्य बैंकले १३.७२ प्रतिशत घटाएर ७.४२ प्रतिशत बिन्दु, कुमारी बैंकले ११.८९ प्रतिशत घटाएर ९.६३ प्रतिशत बिन्दु र हिमालयन बैंकले ११.०३ प्रतिशत घटाएर ९.८४ प्रतिशत बिन्दुमा आधार दर छ ।

समीक्षा अवधिमा विकास बैंकहरूको आधार दर औसत १९.७३ प्रतिशत घटेर १०.४३ प्रतिशतमा झारेका छन् । गत आर्थिक वर्षको चैतमा विकास बैंकहरूको औसत आधार दर १२.०४ प्रतिशत थियो ।

समीक्षा अवधिमा सबैभन्दा धेरै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २६ प्रतिशत घटेर ९.०४ प्रतिशत बिन्दुमा सीमित भएको छ । यस्तै, गरिमा विकास बैंकले २३.७१ प्रतिशत घटाएर ९.४९ प्रतिशत बिन्दु, एक्सेल डेभलपमेन्ट बैंकले २३.३३ प्रतिशत घटाएर ९.२० प्रतिशत बिन्दु, ज्योति विकास बैंकले २१.१६ प्रतिशत घटाएर ९.९८ प्रतिशत बिन्दु, कर्पाेरेट डेभलपमेन्ट बैंकले २०.२२ प्रतिशत घटाएर १०.५३ प्रतिशत बिन्दुमा आधार दर कायम राखेका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकले २०.२० प्रतिशत घटाएर १०.८२ प्रतिशत बिन्दु, सप्तकोशी डेभलपमेन्ट बैंकले १९.९६ प्रतिशत घटाएर १०.४६ प्रतिशत बिन्दु, महालक्ष्मी विकास बैंकले १९.९५ प्रतिशत घटाएर ९.८७ प्रतिशत बिन्दु, कामना सेवा विकास बैंकले १९.६६ प्रतिशत घटाएर १०.०९ प्रतिशत बिन्दु, मुक्तिनाथ विकास बैंकले १८.९६ प्रतिशत घटाएर १०.०४ प्रतिशत बिन्दु आधार दरमा प्रिमियम थप गरी कर्जा प्रदान गर्ने छन् ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले १८.९२ प्रतिशत घटाएर १०.०७ प्रतिशत बिन्दु, मितेरी डेभलपमेन्ट बैंकले १ड.२२ प्रतिशत घटाएर १०.१४ प्रतिशत बिन्दु, सिन्धु विकास बैंकले १७.८३ प्रतिशत घटाएर १०.९२ प्रतिशत बिन्दु, लुम्बिनी विकास बैंकले १४.२४ प्रतिशत घटाएर १०.७२ प्रतिशत बिन्दु, नारायणी डेभलपमेन्ट बैंकले ११.२८ प्रतिशत घटाएर १५.०९ प्रतिशत बिन्दु आधार दरमा प्रिमियम थपेर कर्जा प्रदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS