IME Life New

उपकार लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, शेयरधनीको हात भने खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिले वार्षिक साधारणसभा पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको कोलपुरस्थित होटल सेन्टर प्लाजामा बिहान ११ बजेबाट हुनेछ।

Esewa
Crest

सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा नियामक निकायबाट आवश्यक निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी पनि सञ्चालक समिति प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै संस्थाको वार्षिक साधारणसभा सहभागी लिन योग्य हुनेछन्।

उक्त आर्थिक वर्षका लागि संस्थाले लाभांश प्रस्ताव नगरेकोले शेयरधनीहरुको हात भने खाली हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS