IME Life New

उन्नती सहकार्य लघुवित्तले माघ २६ गते डाक्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले माघ २६ गते शनिबार १०औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे होटल सनस्टार इन्टरनेशनल रुपन्देही (भैरहवा) मा आयोजना गर्ने भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्त सम्मको वासलात र आर्थिक वर्ष २०८०/०८१ को, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरीक्षण समितिको सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने गाभिने वा प्राप्ती गर्ने प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सो संग सम्बन्धित आवश्यक सम्पूर्ण कार्वाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS