IME Life New

उधारोमा कोरोना बीमा गरेका बीमितहरु अर्बबढि रकम बीमा दावी माग गर्दै कम्पनीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको सरकारी कर्मचारीको कोरोना बीमा अनुदान सम्बन्धी व्यवस्था अनुसार ३० करोड रुपैयाँ भन्दा बढि कोरोना बीमा शुल्क नेपाल सरकारको नाममा बक्यौता छ । नेपाल सरकारले भुक्तानी गर्नुपर्ने कोरोना बीमा शुल्क अहिलेसम्म सरकारले बीमा कम्पनीहरुलाई बुझाएको छैन । तर, उधारो कोरोना बीमा गरेका बीमितले एक अर्ब रुपैयाँ भन्दा बढि रकम बीमा दावी गर्दै बीमा दावी भुक्तानीको लागि कम्पनीमा फाइल पेश गरेका छन् ।

सबैभन्दा बढि उधारोमा कोरोना बीमा गरिएको राष्ट्रिय बीमा कम्पनीले मात्रै ३० करोड भन्दा बढि बीमा शुल्क नपाएको जनाएको छ । हालसम्म करिब पाँच लाख सरकारी कर्मचारीको कोरोना बीमा गरेको राष्ट्रिय बीमा कम्पनीले पाउनु पर्ने ३० करोड रुपैयाँ बीमा शुल्कको भुक्तानी अन्योलमै रहेका बेला बीमा गरेको १० हजार भन्दा बढि सरकारी कर्मचारीहरुले बीमा दावी माग गर्दै राष्ट्रिय बीमा कम्पनीमा फाइल पेश गरेका छन् । राष्ट्रिय बीमा कम्पनीमा जस्तै उधारोमा बीमा गरेका बीमितहरुले एक अर्बभन्दा बढि दावी भुक्तानी माग गर्दै बीमा कम्पनीहरुमा फाइल पेश गरेका छन् ।

Esewa
Crest

कोरोना बीमाको दावी भुक्तानीको लागि परेका फाइल मध्ये अधिकांश सरकारी अर्थात उधारो बीमाका रहेका छन् । कम्पनीहरुले बीमा शुल्न नलिएको अवस्थाका बीमितलाई समेत दावी भुक्तानी गरेको जनाएको छ । उधारो बीमा गरेकाहरुलाई समेत दावी भुक्तानी गर्नुपर्दा बीमा कम्पनीमाथि थप आर्थिक भार पर्ने देखिएको छ ।

अनुदान प्राप्त कोरोना बीमा बापतको बीमा शुल्क नेपाल सरकारले व्यहोर्ने बजेटमै व्यवस्था छ । सो अनुसार रकम अर्थमन्त्रालयले निकासा दिने भएपनि बीमा कम्पनीबाट बीमा समिति र समितिमार्फत अर्थमन्त्रालय पुगेर रकम निकासा भई पुनः बीमा समितिले वितरण गर्ने हुँदा लामो प्रक्रियाको कारण उधारो कोरोना बीमाको रकम प्राप्त गर्न अझै केही महिना लाग्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS