IME Life New

उच्च व्यवस्थापन तहका कर्मचारीको अल्टरनेटिभ तयार पार्नु पर्ने, समितिले माग्यो ‘सक्सेसन प्लान’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई उत्तराधिकार योजना ‘सक्सेसन प्लान’ तयार पार्न निर्देशन दिएको छ । समिमिले जीवन तथा निर्जीवन र पुनर्बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै यदि भोलिका दिनमा प्रमुख कार्यकारी, नायव प्रमुख कार्यकारी, विभागिय प्रमुखले लामो समयका लागि विदा लिनु परेमा वा अवकास हुने अवस्थामा उक्त पद रिक्त नहोस भनेर यस्तो योजना बनाउन निर्देशन दिएको हो ।

यदि कुनै विभागको प्रमुखले लामो समयको लागि विदा लिनु परेमा त्यस विभागको काम कारबाही नै रोकिने भएकाले उक्त विभागिय प्रमुखको जिम्मेवारी बहन गर्न सक्ने गरी अर्को कर्मचारी तयार पार्नु पर्ने भएको हो । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को निर्देशन २२ बमोजिम उत्तराधिकारी योजना तयारी गरी संचालक समितिबाट स्वीकृत गरी समितिमा पेश गर्न निर्देशन दिएको छ । अव कम्पनीले यस्तो योजना तयार पारि सञ्चालक समितिबाट पास गर्नु पर्नेछ । यसरी सञ्चालक समितिबाट पारित भएको योजना समितिमा पेश गर्नु पर्ने भएको हो । निर्देशिका अनुसार कार्यान्वयन भए नभएको हेर्नका लागि पनि समितिले यस्तो निर्देशन दिएको हो ।

Esewa
Crest

त्यस्तै बीमकको अण्डराईटिङ, दाबी, लगानी, लेखा तथा पुनर्बीमा जस्ता महत्वपुर्ण विभाग/शाखाहरुमा ५ वर्ष भन्दा बढि एउटै कर्मचारी कार्यरत नरहने गरी कर्मचारी आलोपालो प्रणाली सहितको सरुवा नीति तयार पार्न पनि कम्पनीहरुलाई निर्देशन दिइएको छ । यस्तो नीतिलाई सञ्चालक समितिबाट स्वीकृत गरी बीमा समितिमा पेश गर्नु पर्ने भएको छ । आफु अनुकुलका एउटै कर्मचारीलाई आफुले चाहेको विभागमा राख्ने अभ्यासलाई पनि यस्तो नीतिले केहि हदसम्म समाधान गर्ने समितिको राय छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS