IME Life New

उच्च भूकम्पीय जोखिम रहेको नेपालमा भूकम्प विरुद्धको बीमा कति जरुरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल भूकम्पीय जोखिमको दृष्टीकोणले उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ। पछिल्लो एक महिनामा भूकम्पका धक्काहरु आधा दर्जन पटक अनुभूती भइसकेको छ। सुदूरपश्चिम होस् वा बागमती प्रदेश दुबै तिर भूकम्पका ठूलो धक्काले एक पटक फेरी सबैलाई झस्काई दिएको छ । विनाशकारी भूकम्पको निरन्तरता दुर्लभ भए पनि छोटो समयका लागी हुने विनाशकारी भूकम्पले एकै निमेषमा सबै ध्वस्त बनाई दिनसक्छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०८० बैशाख यता नेपालमा ५० पटक भूकम्पको धक्का महशुस गरिएको छ। केन्द्रले सार्वजनिक गरेको तथ्या‌ंक अुनसार यो वर्ष बझाङ, बाग्लुङ, कास्की, धादिङ, दार्चुला, रूकुम, हुम्ला, गोरखा, दोलखा, मुगु, दैलेख, काभ्रे, ताप्लेजुङ, इलाम, सिन्धुपाल्चोक लगायतका जिल्लामा ४ देखि ६‍.३ म्याग्निच्यूट क्षमताको भूकम्प मापन गरिएका छन् ।

Esewa
Crest

बीमाले विभिन्न जोखिम विरुद्ध सुरक्षा समावेश गरेको हुन्छ। सम्पत्ती बीमा अन्तर्गत कतिपय जोखिमहरु स्वतः समावेश गरिएका हुन्छन् भने केही विशिष्ट प्रकारका जोखिमहरु स्वेच्छिकरुपमा समावेश गराउनुपर्छ। नेपालमा अझै पनि जोखिमविरुद्ध बीमा नै नगरी व्यापार व्यवसायमा लाखाै‌ं रूपैयाँ लगानी गर्ने प्रवृत्ती कायमै छ । बीमावापत भुक्तानी गर्नुपर्ने शुल्कलाई अनावश्यक खर्चभारका रुपमा बुझ्ने भएकाले पनि हेलचक्रयाइँ हुने गरेको हो ।

भूकम्प, आगलागी, बाढी पहिरो लगायतका विपदविरुद्ध सम्पत्ती तथा व्यापार बीमाले जोखिम बहन गर्छ । तपाई उद्योग व्यापार गर्दै हुनुहुन्छ भने आफूले गर्ने सम्पत्ती बीमामा भूकम्पबाट हुने क्षतिको जोखिम बहन गरिएको छ की छैन यकीन गर्नुपर्छ। तपाईको मूल बीमामा यो समावेश गरिएको छैन भने थोरै अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर तपाईले भूकम्पबाट हुने जोखिम समेत समावेश गराउन सक्नुहुन्छ।

क. के भूकम्पीय जोखिमविरुद्धको बीमा चाहिन्छ?

उत्तरः राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०८० बैशाख यता नेपालमा ५० पटक भूकम्पको धक्का महशुस गरिएको छ। २०७२ सालमा गएको विनाशकारी भूकम्पले अकल्पनीय क्षति पुर्‍यायो । पुनःनिर्माणको काम अझै पनि जारी छ। नेपाल भूकम्पीय उच्च जोखिमयुक्त भूभागमा पर्ने भएकाले व्यापार व्यवसाय गर्दै हुनुहुन्छ भने तपाईले भूकम्पीय जोखिमको बीमा समेत गर्नुपर्छ।

ख. व्यावसायीक बीमाले के भूकम्पीय जोखिम बहन गर्छ?

उत्तरः तपाईको व्यवसायीक भूकम्प बीमालेखले सामान्यतया तपाईको भवन र तपाईको व्यापारिक भाैतिक सम्पत्तिको क्षतिलाई कभर गर्नेछ। बीमालेखको आधारमा, भूकम्पको कारणले गुमाएको व्यापारवापतको क्षतिको पनि क्षतिपुर्ती भराउन सकिन्छ। नेपालमा गुमाएको व्यापारवापतको क्षतिपूर्ती गर्ने सुविधा जलविद्युत परियोजनाहरुमा व्यापकरुपमा प्रचलनमा रहे पनि अन्य उद्योग व्यापारमा अझै पनि व्यापकता पाउन सकेको छैन । बीमाको जोखिम बहन जहिले पनि बीमितले बीमाशुल्क भुक्तानी गरि सकेपछि मात्र शुरु हुन्छ। नेपाल बीमा प्राधिकरणले बीमा गरिने सम्पत्तीको मूल्यका आधारमा प्रतिशतका दरले बीमाशुल्क निर्धारण गरेको छ।

ग. भूकम्पीय जोखिम बीमाको लागि केही विशेष शर्तहरु पुरा गर्नुपर्छ?

उत्तरः भूकम्पीय जोखिमको बीमाको लागि बीमा गरिने सम्पत्ति निश्चित हुनुपर्छ। यस्तो सम्पत्ति निश्चित घेरा भित्र, भवन, गोदाम वा कोठाभित्र रहेको हुनुपर्छ। यसबाहेक बीमाग गरिने भवन पनि भवन निर्माण स‌ंहिता मापदण्डको पूर्णपालना गरेर निर्माण गरिएको हुनुपर्छ। बीमा गर्नुअघि बीमा कम्पनीका प्रतिनिधिले बीमा गरिने सम्पत्तीको स्थलगत निरिक्षण गर्छ । कमजोर पूर्वाधार निर्माण गरिएको छ भने जोखिम बहन समावेश गर्नका लागी स्वीकृती नदिन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS