IME Life New

ईसेवा मनी ट्रान्सफरले ल्यायो घर र आइफोन जित्न सकिने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले बेलायत स्थित ट्यांङ्गोपे साझेदारीमा आइफोन योजना ल्यएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार यस योजना अन्तर्गत बेलायतबाट ट्यांङ्गोपे मार्फत रेमिट्यान्स पठाउने मध्ये एक विजेताले जित्न सक्नेछ। साथै ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक विजेताले काठमान्डौमा एक घर जित्न सक्ने ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले जनाएका छन्।

Esewa
Crest

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS