IME Life New

ईसेवा मनि ट्रान्सफर पाँचौं वर्षमा प्रवेश, मेरो डिजिटल देश अभियानलाई दियो निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको छ। ४ बर्ष अघि, बैशाख ३०, २०२० मा नेपालकै अग्रणी फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनीले स्थापनाको ४ वर्ष पूरा गरेको हो ।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ ओटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।

Esewa
Crest

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु,१३,८०० भन्दा बढीभुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट,साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरुलेईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ लिइरहेका छन् ।

कार्य संचालनमा आए संगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै आएको यस रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० मा रेमिट्यान्स भित्राउँन एक महत्वपूर्ण योगदान पुरएकोमा नेपाल राष्ट्र बैंक बाट पनि
सम्मानित भएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेश कोईरालाले भने,“कार्य संचालनको ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण सुभ चिन्तक हरुलाई दिन चाहान्छु”।

उनले भने, डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै यो बर्ष पनि ईसेवा मनि ट्रान्सफरले “मेरो डिजिटल देश ”अभियान लाई निरन्तरता दिएको छ, जस्मा एक जना भाग्यशाली विजेताले फेरि पनि काठमाडौँमा नयाँ घर जित्न सक्नु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS