IME Life New

ईपीएस रु. २८ ले ऋणात्मक रहेको कम्पनीको शेयरभाउ रु. ३६०० माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको ४२ लाख १२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाको ८८ लाख ५० हजार सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाले २ करोड ३० लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।

संस्थाको ब्याज आम्दानी पनि घटेर २० लाख १ हजार रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको ब्याज आम्दानी २ करोड २ लाख रुपैयाँ थियो।

प्रथम त्रैमाससम्म संस्थाले २६ करोड ५२ लाख रुपैयाँ सापटी लिएर ४३ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २४ करोड ६५ लाख रुपैयाँ सापटी लिएर ४४ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी २ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भमा २ करोड ३८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड ९६ लाख रुपैयाँ थियो। रिजर्भको आकार पनि घटेको छ।

संस्थाले खराब कर्जा अनुपात (एनपीएल) घटाएर ४.४८ प्रतिशतमा झारेको छ। अघिल्लो वर्ष एनपीएल ४.८२ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २८.०६ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३.०४ रुपैयाँ रहेको छ।

खराब वित्तीय विवरण सार्वजनिक गरेसँगै संस्थाको शेयरभाउ आइतबार ४.८६ अर्थात १८४.८० रुपैयाँले घटेको छ। योसँगै कम्पनीको शेयरभाउ ३६२०.२० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS