IME Life New

इलेक्ट्रिक कारमा प्रयोग हुने ब्याट्रीको ह्रासकट्टी सम्बन्धमा नयाँ व्यवस्थाको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ब्याट्रीको प्रयोगबाट गुड्ने सवारी साधनको बीमालेख सम्बन्धमा मोटर बीमालेख निर्देशिका २०८० को मस्यौदामार्फत् विशेष प्रावधान प्रस्ताव गरेको छ। प्राधिकरणले सामान्य सवारी साधनको ह्रास कट्टी गणनामा प्रयोग हुने प्रतिशतको आधारमा नभई इभीको हकमा विशेष प्रावधान प्रस्ताव गरेको छ।

प्रस्तावित प्रावधान अनुसार सवारी साधन स्टार्ट गर्न तथा बत्तीको लागि अन्य सवारी साधनमा जस्तै प्रयोग हुने लिड एसिड ब्याट्रीको ह्रास कट्टी दर ५० प्रतिशत तोकेको छ । यसैगरी सवारी साधन गुडाउनका लागि प्रयोग हुने उच्च भोल्ट क्षमताको ब्याट्रीको ह्रास कट्टीको हकमा सवारी साधन निर्माताले दिएको वारेण्टी अवधि अर्थात बन्देज अवधिलाई आधार मानेको छ। पाँच वर्ष वारेण्टी अवधि तोकिएको ब्याट्रीको हकमा वारेण्टी अवधिभित्र ६० प्रतिशत ह्रास कट्टी कायम हुने र त्यसपछि बाँकी ४० प्रतिशत ह्रास कट्टी हुने गरी ह्रास कट्टी गणना सम्बन्धमा प्राधिकरणले मस्यौदामार्फत् प्रस्ताव गरेको छ।

Esewa
Crest

प्रस्तावित प्रावधान अनुसार ब्याट्रीको उमेर १ वर्ष भन्दा कम भएमा शुन्य प्रतिशत, १ देखि २ वर्ष भन्दा कम भएमा १५ प्रतिशत, २ देखि ३ वर्ष भन्दा कम भएमा ३० प्रतिशत, ३ देखि ४ वर्ष भन्दा कम भएमा ४५ प्रतिशत, ४ देखि ५ वर्षभन्दा कम भएमा ६० प्रतिशत ह्रास कट्टी गर्नुपर्ने प्रावधान मस्यौदामा छ। त्यस्तै ५ देखि ६ वर्षभन्दा कम भएमा ७० प्रतिशत, ६ देखि ७ वर्षभन्दा कम भएमा ८० प्रतिशत ह्रास कट्टी गर्नुपर्ने प्रस्ताव गरिएको छ। यसैगरी ७ देखि ८ वर्षभन्दा कम भएमा ९० प्रतिशत र ८ वर्षभन्दा माथि भएमा शत प्रतिशत ह्रास कट्टी हुने प्रस्ताव गरिएको छ।

प्राधिकरणले मस्यौदामा सवारी साधनको उत्पादकले दिएको वारेण्टी अवधिलाई मात्र मान्यता दिएको छ। कुनै कारणवश सवारी साधनमा सिधै ब्याट्री उत्पादकबाटै खरिद गरिएको वारेण्टी सहितको ब्याट्री जडान गरिएको अवस्थामा बीमित ब्याट्रीको ह्रासकट्टी सम्बन्धी प्रावधानको लाभबाट वञ्चित हुनुपर्नेछ।

उच्च भोल्टेज क्षमताको ब्याट्रीको बन्देज अवधि ५ वर्ष भन्दा बढी वा घटी भएमा ह्रास कट्टी गणना गर्दा पहिलो वर्ष गणना नगरी दोश्रो वर्षपछि बन्देज अवधिको अन्त्यसम्म समानुपातिकरुपमा ६० प्रतिशत र ४० प्रतिशत ४ वर्षमा शुन्य हुने गरी ह्रास कट्टी गणना गर्न प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS