IME Life New

इन्स्योरेन्स शिक्षा: कृषि बीमा अन्तर्गत केरा खेतीको बीमालेख बारे जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


इन्स्योरेन्स शिक्षा: केरा खेतीको बारेमा भन्ने हो भने तराईमा यसको खेती अलि बढी मात्रामा रहेको पाईन्छ । यसको खेती गर्न निकै चुनौती पनी रहेको छ । तराईमा अत्याधिक मात्रामा हावा, तुफान आउने गर्दछ । यसबाट यस खेतीलाई बचाउनु उत्तिकै जरुरी देखीन्छ । नेपालमै यसको खेती हुने भएतापनी भारत लगायत अन्य देशहरुबाट पनी यसको आयात हुने गरेको छ । नेपालमै यसको खेती गर्दा जोखीमबाट कसरी बच्न सकिन्छ । केरा खेतीको बीमा गर्दा के फाईदाको त यो कुरा अझै पनी कृषकसमझ पुग्न सकेको छैन ।

यसका लागि केरा खेती गर्न व्यक्तिले बीमालेखको बारेमा बुझनु उत्तिकै मात्रामा जरुरी देखीन्छ । केरा धनीद्धारा प्रस्ताव तथा घोषणा, जुन यस करार आधार हुने तथा बीमालेखमा समावेश भएको मानिने कुरामा सहमति जनाई बीमाशूल्कको रकम भुक्तानीको आधारमा इन्स्योरेन्स कम्पनी र बीमक भनिएको समक्ष देहायमा उल्लिखित बीमाको लागि प्रस्ताव गरिएकोले यस बीमालेखको अनूसूची, विवरण तालिका, परिभाषा, बिशेष व्यवस्था, अपवाद र सर्तहरु यस करारनामाको अभिन्न अङ्ग मानिने गरी बीमा शूल्क भुक्तानीको प्रतीफल स्वरुप बीमकले बीमाको अवधिभित्र केरा धनीको विवरण तालिकामा उल्लेख भए बमोजिमका केराखेतीको क्षतीपूर्ती/हानी नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतीपूर्ती रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्नेछ ।

Esewa
Crest

बीमा लेखले रक्षावरण गर्ने जोखिमहरु
१ देहयका कुनै कारणबाट अनुसूचीमा उल्लेखित केरा खेतीको बीमा अवधि भित्र हामी नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतीपूर्ती रकम भुक्तानी दिनेछ । बीमकले उक्त अनुसूचीमा उल्लिखित बीमाङ रकमको सिमा सम्म वास्तविक क्षतीको ९० प्रतीशत रकम सम्म बीमितलाई भुक्तानी गर्नेछ ः
क )आगलागी ,चट्याङ
ख) भूकम्प
ग)बाढी,पहिरो, खडेरी,
घ)आधिँबेहरी, असिना, हिँउ वा तुसारो
ङ)आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु
च) किरा तथा रोगबाट हुने हानी–नोक्सानी

बीमकले क्षतीपूर्ति नदिने अवस्थाहरु
क) केरा खेती धनी वा निजको एकाघरका परिवारका सदस्यको लापावाहीको कारणले वा जानजान मनोरञ्जनको उद्देश्यबाट वा अन्य कारण हेरचाह  नगरेमा।
ख) कानुनी निकायको आदेशमा बीमा गरिएको केरा खेतीलाई नष्ट गर्नु पर्ने भएमा ।
ग) केरा खेती चोरी भएमा।
घ) बीमीतले आफनो जग्गा बिक्रि वा स्वामित्व हस्तारण गरेको अवस्था । तर कानुन बमोजिम जग्गा स्वमत्वि स्वतस् परिर्वतन हुने अवस्थामा यो प्रावधान लागू हुने छैन । जग्गा बिक्रि वा स्वामित्व हस्तारण गरेको अवस्थामा बीमालेख नामसारी गरी बीमा सुरक्षणलाई निरन्तरता दिन सकिनेछ ।
ङ)केरा खेतीको धनीले प्रस्ताव फाराममा विवरण दिदाँ भुटा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई भुटा कुराहरु उल्लेख गरेमा बीमक दाबीप्रती उत्तरदायी हुने छैन ।
च) बीमा गरिएको केराको बाली बंशाणुत कारणबाट क्षति/हानी नोक्सानी ।

प्रस्तुती : रिना खत्री 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS