IME Life New

इन्स्योरेन्स शिक्षा: कृषि बाली अन्तर्गत माछापालन बीमालेख सम्बन्धि जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स शिक्षा: हाम्रो देशमा आधाभन्दा बढी कृषकहरु खेतीपाती र पशुपालनमा आधारित रहेका छन् । तर पनि यसमा पूर्ण रुपमा भने व्यवसायीकरण गर्ने  र व्यवसायीमा हुने जोखीमबाट कसरी बच्न  सकिन्छ भन्ने अझै पनी कृषकमा सपष्ट रुपमा जानकारी भने पूर्ण रुपमा पुग्न सकेको छैन । तर आफूले गरेको व्यवसायमा कसरी उचित रुपमा सफल भएर अघि बढ्न सकिन्छ भनेर आफैले पनि बुझनु जरुरी रहेको हुन्छ ।


यदि केही व्यक्तिहरु माछापालनको विषयमा केही सोचीरहनु भएको छ भने यसको बीमालेख बारेमा पनि जान्नु जरुरी पक्कै पनी रहेको हुन्छ । बीमाको बारेमा बुझनु मात्र भन्दा पनि आफूले गर्न लागेको विषयमा केही ज्ञान हुनु अझै बढी देखीन्छ । आफूले गर्न लागेको व्यवसायको बारेमा आफैलाई विस्तृत रुपमा जानकारी हुँदा आउने जोखीमलाई पूर्व नै निराकरणको बाटो रोजेर पक्कै पनि अघि बढ्न भने हामी सक्छौ ।
यसै गरी प्राकृतिक एवं अन्य विकल्पबाट बच्न भने हामी बीमा गर्न सक्छौ । बीमा फाईदा त पक्कै पनि हैन यो जोखीम न्यूनीकरणको एक पाटो हो । जसले भावी दिनमा आउने विभिन्न जोखीमलाई सहज रुपमा विस्तार गर्न सहयोग पुव्याउने एक माध्यम हो । यसका साथै सरकारले कृषि क्षेत्रको लागि ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ ।

Esewa
Crest

यसका लागि माछापालन गर्न व्यक्तिले बीमालेखको बारेमा बुझनु उत्तिकै मात्रामा जरुरी देखीन्छ । माछाधनीद्धारा प्रस्ताव तथा घोषणा, जुन यस करार आधार हुने तथा बीमालेखमा समावेश भएको मानिने कुरामा सहमति जनाई बीमाशूल्कको रकम भुक्तानीको आधारमा इन्स्योरेन्स कम्पनी र बीमक भनिएको समक्ष देहायमा उल्लिखित बीमाको लागि प्रस्ताव गरिएकोले यस बीमालेखको अनूसूची, विवरण तालिका, परिभाषा, बिशेष व्यवस्था, अपवाद र सर्तहरु यस करारनामाको अभिन्न अङ्ग मानिने गरी बीमाशूल्कक भुक्तानीको प्रतीफल स्वरुप बीमकले बीमाको अवधिभित्र माछाधनीको विवरण तालिकामा उल्लेख भए बमोजिमका माछाहरु मरेमा देहाय बमोजिमको क्षतीपूर्ति रकम सम्बन्धि पक्षलाई भुक्तानी गर्नेछ ।

बीमा लेखले रक्षावरण गर्ने जोखिमहरु
१)आगलागी ,चट्याङ
२)भूकम्प
३)बाढी,पहिरो, खडेरी, भुस्खलन
४)आधिँबेहरी, असिना, हिँउ वा तुसारो
५)आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु
६)रोग आदिबाट हुने नोक्सानी
७)अक्सिजनको कमि, एमोनियाबाट हुने नोक्सानी
८)विषालु पदार्थबाट मरेमा

बीमकले क्षतीपूर्ति नदिने अवस्थाहरु:
१)माछाधनी वा निजको एकाघरका परिवारका सदस्यको लापावाहीले वा जानजान मनोरञ्जनको उद्देश्यबाट वा रिसइवीपूर्ण व्यवहारको कारणबाट बीमित माछा मारिएमा
२)सरकारी निकाय वा अन्य मान्यतन प्राप्त कानुनी निकायको आदेशमा माछालाई नष्ट गनुपर्ने भएमा
३)बीमित माछा हराएमा वा चोरी भएमा
४)बीमित माछा बिक्रि गरी स्वामित्व हस्तानतरण भएमा
५)बीमकको सहमती बेगर माछालाई जून प्रनयोजनक लागि ल्याएको हो ।सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा ।
६)पोखरीर रेसवे सफा गर्दा वा पानी थपघट गर्दा माछा मरेमा वा पोखरी र रेसवेको क्षमता भन्दा बढी माछा पालन गरेमा ।

प्रस्तुती : रिना खत्री
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS