IME Life New

इन्टरनेट सेवा: पाँँच कम्पनीको नियन्त्रणमा ८० प्रतिशत बजार, बाँकी ३९ कम्पनीले कसरी धान्दैछन् व्यापार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । तारमा आधारित इन्टरनेट सेवा प्रदायकको संख्या चालीसभन्दा बढी रहेपनि झण्डै अस्सी प्रतिशत बजार पाँच वटा कम्पनीको नियन्त्रणमा रहेको छ ।

नेपाल दूर संचार प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार तार र फाइबर तार मार्फत् इन्टरनेट सेवा लिइरहेका कूल ग्राहक संख्यामध्ये ७९.८७ प्रतिशत बजार वल्र्ड लिंक कम्युनिकेशन, नेपाल दूरसंचार कंम्पनी, सुबिसु केबल नेट, भायानेट कम्युनिकेशन र क्लासिक टेक प्रा.लि.को नियन्त्रणमा रहेको छ । कूल १७ लाख ११ हजार ४४५ ग्राहकमध्ये १३ लाख ६६ हजार ग्राहक यी मुख्य पाँच कम्पनीको छन् । यो मध्ये सबैभन्दा बढी वल्र्ड लिंक कम्पयुनिकेशन प्रा.लि.सँग ३१ प्रतिशत बजार हिस्सा रहेको छ । २०७६।७७ मा वल्र्डलिंकसँग ३२ प्रतिशत बजार हिस्सा रहेकोमा अहिले खस्किएर ३१ प्रतिशतमा सीमित भएको छ ।

Esewa
Crest

इन्टरनेट सेवाको लागि पूर्वाधार निर्माण र बिस्तारमा ठूलो लगानी आवश्यक हुन्छ। ग्राहक संख्या कति बढ्यो, उति संचालन खर्च ‌मितव्ययी हुन्छ र कम्पनीले मुनाफा कमाउने अवसर हुन्छ। तर ग्राहक संख्या न्यून भएका कम्पनीको संख्या उच्च भएकाले अधिकांश साना कम्पनीलाई ग्राहकबाट प्राप्त आम्दानीका आधारमा व्यापार धान्न धौं धौं परेको छ।

ग्राहक संख्याको आधारमा नेपाल दूरसंचार कम्पनी लि.ले २०७८ साउन मसान्तसम्ममा १७ प्रतिशत बजार हिस्सा ओगटेको छ । आ.व. २०७६।७७ को तुलनामा टेलिकमको तारमा आधारित इन्टरनेट प्रयोगकर्ता ग्राहक संख्याको आधारमा बजार हिस्सा २०७८ साउनमसान्तसम्ममा ४ प्रतिशतले गिरावट आएको छ । सुबिसु केबल नेटले बजार हिस्सामा सुधार गर्दै १३.३२ प्रतिशत पु¥याएको छ । २०७७।७८ मा सुबिसुले जम्मा १२.६८ प्रतिशत ग्राहक ओगटेको थियो । क्लासिक टेक प्रालि.को बजार हिस्सामा थोरै गिरावट आएको छ । क्लासिकसँग ९.२९ प्रतिशत ग्राहक छन् । २०७७।७८ को तुलनामा २०७८।७९ को पहिलो असोज महिनासम्ममा मोबाइल डाटा बाहेकको इन्टरनेट प्रयोगकर्ता ग्राहकको संख्या जम्मा ३.१४ प्रतिशतले वृद्धि भएको छ। २०७६।७७ को तुलनामा आ.व. २०७७।७८ मा ४१ प्रतिशतले ग्राहक थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS