IME Life New

आर्थिक मन्दीले लुम्बिनी प्रदेशका उद्याेगकाे उत्पादन घट्याे, जडित क्षमताकाे ४२ प्रतिशत मात्र उपयाेग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । आर्थिक मन्दीका कारण आम उपभाेक्ताकाे खर्च क्षमतामा कमजाेर हुँदा लुम्बिनी प्रदेशका उद्याेगहरुकाे उत्पादन क्षमता उपयाेगिता पनि घटेकाे छ। बजार मागमा आएकाे गिरावटसँगै उत्पादनमा कटाैती गर्नुपर्ने बाध्यताका कारण उत्पादन क्षमताकाे प्रयाेग घटेकाे हाे ।

नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेकाे लुम्बिनी प्रादेशिक आर्थिक गतिविध सर्वेक्षण  अनुसार गत आव २०७९।८० मा उत्पादनमूलक उद्याेगकाे उत्पादन क्षमता उपयाेग जम्मा ४२.३३ प्रतिशत रहेकाे छ । गत आव २०७८।७९ मा उत्पादन क्षमता उपयाेग ४९.२२ प्रतिशत रहेकाे थियाे । राष्ट्र बैंकका अनुसार उत्पादनमा संकुचन आउँदा कूल जडित क्षमताकाे पचास प्रतिशतभन्दा पनि न्यून क्षमतामा उद्याेगहरुले उत्पादन गरिरहेका छन् ।

Esewa
Crest

प्रतिवेदनका अनुसार ड्राई सिरप, बिजुलीका तार, कंक्रीट, चामल, पेय पदार्थ, जि.आई पाईप, औषधिजन्य उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा समग्र उद्योगको औषत क्षमता उपयोगमा ह्रास आएको हाे ।

उत्पादनमूल भन्दा सेवा मूलक क्षेत्रमा कर्जा प्रवाह अधिक

उत्पादन क्षमतामा ह्रास आएपनि बै‌ंक तथा वित्तीय संस्थाले उद्याेगमा गरेकाे कर्जा लगानी वृद्धि भएकाे छ । समीक्षा अवधिमा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत आवको सोही अवधिको तुलनामा ६.०९ प्रतिशतले वृद्धि भई रु.१ खर्ब २६ अर्ब ३ करोड ८१ लाख पुगेको छ । कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २२.९१ प्रतिशत रहेको छ । यसैगरी सेवा क्षेत्रमा भएकाे कर्जा प्रवाह समीक्षा अवधिमा ८.१२ प्रतिशतले वृद्धि भएको छ । कूल कर्जामा सेवा क्षेत्र कर्जाको ३७.०७ प्रतिशत हिस्सा रहेको छ ।

आर्थिक वृद्धि २ प्रतिशत हाराहारीमा सीमित रहने

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।८० मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा १४.२ प्रतिशत हिस्सा हुने अनुमान रहेको छ । गत आर्थिक वर्षमा कुल ग्रार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा रहेको थियो । आर्थिक वर्ष २०७९।८० मा यस प्रदेशको आर्थिक वृद्धि २.०६ प्रतिशत रहने अनुमान रहेको छ भने गत आर्थिक वर्षमा ५.०३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS