IME Life New

आरम्भ चौतारी लघुवित्तको लक्ष्य प्रगति समीक्षा तथा अर्धवार्षिक लक्ष्य निर्धारण गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजना तथा सातै प्रदेश कार्यालयहरुको समन्वयमा “प्रथम त्रैमासिक लक्ष्य प्रगति समीक्षा तथा अर्धवार्षिक लक्ष्य निर्धारण” गोष्ठी सम्पन्न” गरेको छ ।

संस्थाले कर्णली प्रदेशको विरेन्द्रनगर, सुर्खेत, लुम्विनी प्रदेशको नेपालगञ्ज र वुटवल, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको सौराहा, मधेश प्रदेशको वर्दिवास र कोशि प्रदेशको ईटहरीमा देशभरका सवै शाखामा कार्यरत ४६१ जना सहायक, शाखा प्रमुख, कार्यक्रम अधिकृत र प्रदेश प्रमुखहरु सम्मिलीत गोष्ठी सम्पन्न गरेको हो ।

Esewa
Crest

सवै प्रदेशमा आयोजना भएको कार्यक्रममा हरेक शाखाहरु तथा प्रदेशहरुको प्रथम त्रैमासको लक्ष्य प्रगती समिक्षा गरीएको थियो । कर्णाली प्रदेशको विरेन्द्रनगर बाट शुभारम्भ भएको गोष्ठि कोशी प्रदेशको ईटहरीमा सम्पन्न भएको छ । देशभरका शाखाहरुमा भएको समस्याहरु पहिचान, देशको हालको अवस्थाले कार्यक्रममा पारेको प्रभाव र समस्या समाधानको उपाय वारेमा सवै सहभागीहरुले सक्रिय रुपमा सहभागिता जनाएका थिए ।

लुम्विनी प्रदेशको वुटवलमा आयोजीत कार्यक्रमलाई यसै संस्थाका संचालक समितीका सदस्य पुष्पराज ढकालले उद्घाटन गर्दे संस्थाको प्रगती गर्न कर्मचारीहरुको गरेको कार्य सह्रानिय रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा संस्थाले कायपलट गर्ने बताउँदै यस आर्थिक वर्षमा लिएको लक्ष्य शत्प्रतिशत पुरा हुने अपेक्षा रहेको बताए ।

कार्यक्रममा यस आर्थिक वर्षको पहिलो त्रैमासमा शत्प्रतिशत लक्ष्य पुरा गरेका शाखाहरुलाई हौसला दिंदै वधाई ज्ञापन गरे । शाखाहरुले आगामी दिनहरुमा सवै जना कर्मचारीहरु स्वतस्फुर्त रुपमा जिम्वेवार, कर्तव्यनिष्ट र अनुशासित तवरले कार्यनिती तथा रणनिती तयार गरी संस्थाले दिएको लक्ष्य शत्प्रतिशत पुरा गर्न निर्देशन दिए ।

शाखामा कर्मचारीहरु मिलाएर काम गरेमा जस्तोसुकै काम गर्न सफलता प्राप्त गर्न सकिने बताए । संस्थाको सेवासुविधा लिएर शाखाको काममा वाधा पुराई संस्थालाई घात गर्ने जो कोही कर्मचारी सेवा विनियमावली अनुसार कानुनी कारवाहीको दायरामा ल्याउने जनाए । लुम्विनी प्रदेशको वुटवलमा आयोजि कार्यक्रममा समाजसेवी आदणिय व्यक्तित्व मनोज भट्टराई बाट कर्मचारीहरुलाई उत्प्रेणा दिँदै सवैले चिन्ने गरी काम गरौं, टिम मिलेर काम गरीयो भने अवश्य सफल भईन्छ भनी सकारात्मक उर्जा प्रदान गरे ।

कार्यक्रममा सहायक महाप्रवन्धक मनरुपा पौडेलले लेखा सम्वन्धी तथा लघुवित्त संस्थाहरुको विचमा आरम्भ चौतारी लघुवित्त संस्थाको अवस्था र संस्थाको भावी रणनीतीको बारेमा प्रष्ट पारेका थिए ।

शाखाहरुमा कर्जा लगानी गर्दा देखीएका समस्याहरु र समाधानको उपाय, ग्राहक पहिचान, कर्जा विश्लेषण, वचत परिचालन, कर्जा लगानी र अनुगमन आदी विषयहरुमा कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले प्रष्ट पारेका थिए ।

सवै प्रदेशको कार्यक्रम समुद्घाटन समारोहमा प्रदेश प्रमुखको अध्यक्षता तथा कार्यक्रम अधिकृतहरुको स्वागत भाषण तथा संचालमा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीको गरिमामय उपस्थिती रहेको थियो ।

प्रथम त्रैमासको लक्ष्य प्रगती समिक्षा तथा अर्धवार्षिक लक्ष्य निर्धारण कार्यक्रमकमको डाटा प्रस्तुतीकरण लागी सहजीकरण सूचना प्रविधी विभागमा कार्यरत राम प्रसाद पौडेलले र कर्जा जोखीम व्यावस्थापन विभागमा कार्यरत रोशन प्रसाद जैसीले गरेका थिए ।

संस्थाले ६ प्रदेशका ५३ जिल्लाहरुमा १३५ शाखा कार्यालयहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS