IME Life New

आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते, यस्ता छन् ५ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले आफ्नो आठौं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । उक्त सभा बनेपा पार्टी भेन्युमा विहान ११ बजे गर्ने भएको हो । कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले अध्यक्ष्यबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७९ /८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ।व। २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तीरसमाहित गर्ने र हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS