IME Life New

आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा पौने १२ खर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मुलुकको आयात र निर्यात दुवै घटेको छ भने व्यापार घाटा पौने १२ खर्ब कायम भएको छ।

आर्थिक वर्ष २०८०।८१ को १० महिनामा कुल वस्तु आयात २.४ प्रतिशतले कमी आई रु. १३ खर्ब ३ अर्ब ३६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ को १० महिनामा कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमी आई रु. १ २६ अर्ब १७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.६ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ६८.१ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०८०।८१ को १० महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आई रु. ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS