IME Life New

आयात-निर्यात दुवै घट्यो, रु. १४.४० खर्बको व्यापार घाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। गत आर्थिक वर्ष २०८०।८१ मा मुलुकको आयात–निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकले यस्तो देखाएको हो।

समीक्षा वर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आई रु. १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई रु. १ खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो।

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले कमी आई रु. १४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १५.५ प्रतिशतले घटेको थियो।

समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS