IME Life New

आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलोपटक जाने नेपालीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा तोकिएको छ।

राष्ट्र बैंकले नियामकीय व्यवस्थामार्फत विदेशी मुद्राको सहटी सुविधाको सीमा तोकेको हो। जसअनुसार नेपाली नागरिकले एकपटक मात्र सेलटमेन्ट खर्चबापत प्रतिव्यक्ति बढीमा ५ हजार अमेरिकी डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्र सटही गर्न सक्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

राहदानी, आप्रवास भिसा र हवाई टिकटको प्रतिलिपि पेस गरी सम्बन्धित व्यक्तिले राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट यस्तो सटही सुविधा लिन सक्छन्।

यो व्यवस्थाअनुसारको सटही सुविधा नलिई सम्बन्धित देश गएर नेपाल फर्की पुनः जाने र सोही देशमा रहेको समयमा आप्रवास भिसा प्राप्त गरी पुनः विदेश फर्किने नेपाल नागरिकलाई भने यस्तो सटही सुविधा उपलब्ध हुँदैन। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS