IME Life New

आधारभूत पूर्वाधार विकास नहुँदा कृषि बीमामा समस्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि उत्पादनको लागि अति आवश्यक आधारभूत विकास पूर्वाधार विकास नहुँदा नेपालको कृषि बीमामा चौतर्फी समस्या आउने गरेको एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन् ।

नेको इन्स्योरेन्स कम्पनीद्वारा आयोजित कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले कृषिको लागि आवश्यक आधारभूत पूर्वाधार विकास अपरिहार्य रहेको औल्याएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमा समितिका उपाध्यक्ष नूर प्रकाश प्रधानले भने, ‘आधारभूत विकास नहुँदा कृषि बीमा गर्ने निर्जिवन बीमा कम्पनीहरुले ठूलो क्षति व्यहोर्न बाध्य भएका छौं । सिंचाई, बीउ बीजन, मल, पानी कृषिका लागि आधारभूत आवश्यकताहरु हुन्, यी कुराहरु सरकारले पूरा गर्नुपर्दछ ।’ कृषि क्षेत्रमा न्यूनतम पूर्वाधार विकास नहुँदा बीमा कम्पनीहरुले अनावश्यक रुपमा दावी भुक्तानी तिर्न बाध्य भएको बताउँदै कृषि बीमामा हालसम्म कुनै बचत नभएको गुनासो गरे । बीमक कम्पनीहरुको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका संघका उपाध्यक्ष श्रेष्ठले कृषि बीमामा धेरै गलत दावी पर्ने समस्या रहेको औल्याउँदै सरकारले कृषि क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।

Esewa
Crest

अन्तरक्रिया कार्यक्रममा सांसद तथा किवि खेती गर्दै आएका रसुवाका कृषक प्रभात तामाङले बैंक, बीमा कम्पनी र कृषकबीचको परस्पर सम्बन्ध थप मजबुद बनाएर अघि बढ्नुपर्ने बताए । उनले किसानले सहजै बीमा गर्न पाउने व्यवस्था हुनुपर्ने तथा त्यसको लागि बीमा समितिले सहजिकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्काले छुट्टै कृषि बीमा गर्ने कम्पनी वा कृषि बीमाको लागि लिड गर्ने कम्पनी तोकेर अघि बढ्नुपर्ने सुझाव पेश गरे । देशमा भर्खरै सुरु भएको कृषि बीमाको लागि दक्ष कर्मचारी, दक्ष प्राविधिक तथा किसानमा कृषि बीमा जनचेतना फैलाउन बाँकी रहेकोले समय सापेक्ष सुधार हुँदै जाने बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कृषि बीमा पोलिसी समय सापेक्ष सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीहरुलाई ढुक्क भएर कृषि बीमामा अघि बढ्न निर्देशन दिए । उनले भने, ‘माछा, कृषि, कुखुरा लगायतका कृषि बीमाका विविध पाटोको विषयमा सुने, बीमा पोलिसीमा आएका समस्याहरु छन् भने तपाईहरु छलफल गरेर समस्या पहिचान गरेर लिएर आउनुहोला, हामी बीमा समितिमा राख्छौं, बिज्ञहरुसँग छलफल गरेर अघि बढ्छौं । तपाईहरु ढुक्क भएर कृषि बीमामा लाग्नुहोस्, हामी तपाईहरुसँगै सहकार्य गरेर अघि बढ्न तयार छौं ।’ कार्यकारी निर्देशक पौडेलले बैंकसँग बीमा कम्पनीहरुले हातेमालो गरेर अघि बढ्दा साझा लाभ हुने समेत बताए ।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय, कृषि विकास बैंककै कर्जा तथा बीमा विभागका प्रमुख डा. प्रकाश बिष्ट, नेपाल राष्ट्र बैंकका उपनिर्देशक केदार पोखरेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS