IME Life New

आत्मनिर्भर लघुवित्तको घट्यो मुनाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७१.२६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थियो।

यस समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशत बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १४ करोड ८१ लाख रुपैयाँ सापटी र ८६ करोड १५ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५७ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ३७ पैसामा सीमित भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS