IME Life New

आजसम्म शेयर किन्नेले कामना सेवा विकास बैंकको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज १४गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले १८ औँ वार्षिक साधारणसभा आउँदो असोज ३० गते डाकेको हो। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश छन्।

सभाले सञ्चालक समितिबाट प्रस्तावित १०० रुपैयाँ दरको कुल ३५ करोड रुपैयाँबराबरको ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपश्चात जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले बोनस शेयर र अग्राधिकार शेयर जारीपछि जारी र चुक्ता पुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमावलीमा रहेको विद्यमान व्यवस्थामा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

प्रबन्धपत्र र नियमावलीमा संशोधन, अग्राधिकार शेयर जारी, दर्ता तथा सूचीकरण गर्नेलगायतका कार्य स्वीकृतिका क्रममा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन आवश्यकताअनुसार थपघट, परिमार्जन, भाषागतलगायत अन्य सुधारका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणा गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले सञ्चालक (सर्वसाधारण समूह)को नियुक्ति अनुमोदन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS