IME Life New

आजसम्म कायम शेयरधनीले स्वरोजगार लघुवित्तको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन १० गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब आज फागुन १० गते (फागुन ११ गते शुक्रबार र फागुन १२ गते शनिबार)सम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा लिन योग्य हुनेछन्।

Esewa
Crest

संस्थाले १५ औँ वार्षिक साधारणसभा फागुन २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्।

सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरण र एफपीओ जारीपछि संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम संस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य एक वा एकभन्दा बढी लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS