IME Life New

आजसम्म कायम शेयरधनीले सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने, कति दिँदै छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम शेयरधनीहरुले यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

संस्थाले आर्थिक वर्ष २०८९।८० का लागि एफपीओ वितरणपछि कायम हुने चुक्ता पूँजी ५१ करोड ५४ लाख ५५ हजार ४६३ को १४.००५१४३ प्रतिशतले हुन आउने १२ करोड ८२ लाख १० हजार ८५३ दशलमव ७२ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस शेयर प्राप्त गर्न शेयरधनीले लाभांश करबापत नियमानुसार आफैँले रकम तिर्नुपर्नेछ।

Esewa
Crest

संस्थाले प्रस्तावित लाभांश पारित गर्नका लागि साउन ३२ गते महालक्ष्मी नगरपालिका ललितपुर लभु पार्टी प्यालेसमा दिउँसो १२ः३० बजे १२ औँ वार्षिक साधारणसभा डाकेको छ। सोही सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात, २०७९ साउन १ गते देखि २०८० असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०।८१का लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै, थप सार्वजनिक शेयर निष्कासन भएको शेयरलाई चुक्तापुँजीमा वृद्धि गर्ने एवं बोनस शेयरलाई अधिकृत पुँजी जारी पुँजी तथा चुक्तापुँजीमा वृद्धि गरी संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने बोनश शेयर जारी गर्दा दशमलव पछिको शेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर र प्राप्तिसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, मर्जर प्राप्तिसम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने स्वीकृतिबमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने लगायतका विविध प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायतबाट स्वीकृत लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सोसमेत मिलाई संशोधन एवं परिवर्तन गर्नेलगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS