IME Life New

आजबाट जनरल इन्स्योरेन्सको आईपीओ, कति कित्ता आवेदन दिँदा ठीक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ । आजबाट जनरल इन्स्योरेन्सको आईपीओ खुलेको छ । प्रति कित्ता एक सयको दरले जनरल इन्स्योरेन्सले यही असोज ११ गते देखि ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

उक्त ३० लाख कित्ता मध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ । अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

ईपीओ असोज ११ गते देखि असोज १४ गते सम्म खुल्ने छ । असोज १४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असोज १४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असोज २५ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज १४ गते नै आईपीओ बन्द हुने छ ।

कति कित्ता आवेदन दिँदा ठीक ?

धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार २ लाख ७३ हजार जना लागानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । तर यस अघिको आईपीओको ट्रेण्ड हेर्दा ६ लाख भन्दा माथि आवेदन पर्ने देखिन्छ । विगतको ट्रेण्ड हेर्दा जनरल इन्स्योरेन्सको आईपीओमा दश कित्तामा आवेदन दिँदा ठीक हुन्छ।

असोज ११ गते देखि आउने जनरल इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS