IME Life New

आजदेखि एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले आज फागुन १८ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०९१ नामक’ ऋणपत्र बिक्री खुला गर्न लागेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख २० हजार इकाइ ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा फागुन २१ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। सो मितिबाट पर्याप्तमात्र आवेदन नपरेको खण्डमा ऋणपत्र चैत ३ गतेसम्म बिक्री खुला गरिनेछ।

एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS