IME Life New

आगामी वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने सरकारको लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि बंगलादेशमा पनि विद्युत निर्यात गर्ने लक्ष्य राखेको हो। हाल नेपालबाट भारततर्फ विद्युत निर्यात भइरहेको छ।

आगामी आर्थिक वर्षको बजेट संयुक्त सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विद्युत निर्यातको लक्ष्यबारे जानकारी गराएका हुन्। ‘आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाइनेछ’, उनले भने, ‘विद्युत उत्पादन र प्रशारणमा निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने गरी कानुनी प्रबन्ध मिलाइनेछ।’

Esewa
Crest

आगामी आर्थिक वर्षभित्र ९०० मेगावाट विद्युत थप गरी राष्ट्रिय विद्युत क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य पनि सरकारको रहेको अर्थमन्त्री पुनले बताए। ‘प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याइनेछ’, उनले भने।

जलाशययुक्त बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गरिने अर्थमन्त्री पुनले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS