IME Life New

आक्रामक ढंगले व्यवसाय विस्तार गर्दै लघु निर्जीवन बीमक, कुल व्यापारमा ९२% हिस्सा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरुले २१ करोड रुपैयाँ बराबरको लघु बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार ठूला ११ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले वैशाखसम्म लघु निर्जीवन बीमालेख बिक्री गरेर २१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

तथ्यांक हेर्दा लघु निर्जीवन बीमकहरुले व्यवसाय विस्तारमा निकै फड्को मारेका छन्। ठूला ११ वटा निर्जीवन बीमकको तुलनामा ४ वटै लघु निर्जीवन बीमकको व्यवसाय धेरै देखिएको छ।

Esewa
Crest

चारवटा लघु निर्जीवन बीमक नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्सले मात्रै यो १० महिनाको अवधिमा १९ करोड ३८ लाख ६३ हजार रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। जब कि ठूला १४ निर्जीवन बीमक ओरिएन्टल, नेसनल, नेको, प्रभु, शिखर, एनएलजी, हिमालयन एभरेष्ट, सानिमा प्रिमियर, सगरमाथा लुम्बिनी र युनाइटेड अजोडले यही अवधिसम्म १ करोड ६१ लाख ३८ हजार रुपैयाँमात्रै लघु बीमा व्यवसाय गरेका छन्।

वैशाखसम्मको कुल व्यवसायमा ४ लघु निर्जीवन बीमकहरुको हिस्सा ९२.३२ प्रतिशत हिस्सा रहेको छ। जब कि १४ ठूलो निर्जीवन बीमाको हिस्सा ७.६८ प्रतिशतमात्रै रहेको छ।

वैशाखसम्म लघु निर्जीवन बीमकको कुल बीमाशुल्क

  • नेपाल माइक्रोः ७ करोड ६७ लाख ९० हजार रुपैयाँ
  • प्रोटेक्टिभ माइक्रोः ६ करोड १४ लाख ८४ हजार रुपैयाँ
  • स्टार माइक्रोः ४ करोड २५ लाख ४६ हजार रुपैयाँ
  • ट्रस्ट माइक्रोः १ करोड ३० लाख ४३ हजार रुपैयाँ

वैशाखसम्म ठूला निर्जीवन बीमको कुल बीमाशुल्क

  • नेकोः १ करोड १२ लाख ४५ हजार रुपैयाँ
  • शिखरः १६ लाख ४५ हजार रुपैयाँ
  • प्रभुः १५ लाख ४५ हजार रुपैयाँ
  • सगरमाथा लुम्बिनीः ५ लाख ८६ हजार रुपैयाँ
  • सिद्धार्थ प्रिमियरः ५ लाख ३ हजार रुपैयाँ
  • सानिमा जीआईसीः ३ लाख ३८ हजार रुपैयाँ
  • युनाइटेड अजोडः १ लाख ४२ हजार रुपैयाँ
  • एनएलजीः ६९ हजार रुपैयाँ
  • ओरिएन्टलः ३३ हजार रुपैयाँ
  • नेसनलः १ हजार रुपैयाँ
  • हिमालयन एभरेष्टः १ हजार रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS