IME Life New

आउँदो पुस ५ बाट एफपीओ बिक्री खुला गर्दै महुली लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आउँदो पुस ५ गतेदेखि एफपीओ बिक्री खुला गर्ने भएको छ।

संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको एफपीओ बिक्री खुला गर्न लागेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री खुला गरिनेछ।

Esewa
Crest

लगानीकर्ताले यो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यो एफपीओको निष्कासन बन्द छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गते बैंकिङ समयपछि हुनेछ।

महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

हाल संस्थाको चुक्तापुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ। योसँगै हाल संस्थामा सर्वसाधारणतर्फको शेयर स्वामित्व १९.६८ प्रतिशतबाट बढेर ३० प्रतिशत पुग्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS