IME Life New

आईएमएसले भित्रायो इनर्जाइएर ब्याकअप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इलेक्ट्रोनिक्स व्यापारमा अग्रणी ग्रुप आईएमएसले इनर्जाइजर ब्राण्डका पावर ब्याकअप बजारमा ल्याएको छ । हाते विद्युतीय सामग्रीहरु पावर रिचार्जको लागि सो कम्पनीले ब्याकअप बजारमा ल्याएको जनाएको छ ।

मंगलबार एक कार्यक्रमका बीच आईएमएस ग्रुपका सिईओ दिपक मलहोत्राले इनर्जाइएर पावर बैंकको औपचारिक शुरुवात गरिएको घोषणा गरेका छन् । आईएमएस ग्रुप इनर्जाएर पावर बैंकको नेपालका लागि आधिकारिक बिक्रेता भएको सो अवसरमा जानकारी दिइयो ।सो कम्पनीको पावर बैंक गुणस्तरीय मानिन्छ । उक्त ब्याकअप पावरको बिक्री शुभारम्भ गर्दै सिईओ मलहोत्राले भने, ‘अहिलेको पिढी यस्तो हो जहाँ स्मार्टफोन वा ग्याजेटहरू हामीसँग चौबिसै घण्टा हुन्छ, जसलाई तत्काल शक्ति बढाउन आवश्यक पर्दछ । त्यसकारण हाम्रा उपभोक्ताका आवश्यकताहरू पूरा गर्न, सहज र सुविधा प्रदान गर्न हामीले यो अन्तर्रा्ष्ट्रिय ब्रान्ड, एनर्जाइजरको परिचय गराएका छौं ।’ आईएमएसले भित्राएको इनर्जाइजरको उत्पादक कम्पनी ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईट तथा लालटिनको उत्पादन गर्ने विश्वभर नाम चलेको ब्राण्ड भएको सो अवसरमा जानकारी दिइयो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS