IME Life New

आइफोनको जननी देश नै प्रयोगको हिसाबले चौथो स्थानमा, कुन देशमा हुन्छ सर्वाधिक प्रयोग ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी अग्रणी टेक कम्पनी एप्पलको उत्पादन विशेषगरी आइफोनको क्रेज विश्वभर बढ्दै गएको छ। विश्वका धेरै देशमा यो कम्पनीको फोन सबैभन्दा बढी प्रयोग गरिन्छ।

एप्पल अमेरिकी कम्पनी भए पनि त्यहाँ ५१ प्रतिशतले मात्रै आइफोन प्रयोग गर्छन्। अमेरिकामा २७ प्रतिशतले सामसुङ फोन प्रयोग गर्छन् भने २२ प्रतिशतले अन्य ब्राण्डका फोन प्रयोग गर्छन्। विश्वमा आइफोन प्रयोगको हिसाबले अमेरिका चौथो स्थानमा रहेको छ।

Esewa
Crest

आइफोनको बढी प्रयोग गर्नेमा जापान पहिलो स्थानमा छ। यो देशका ५९ प्रतिशत मानिससँग आइफोन छ। जापानमा ९ प्रतिशतले दक्षिण कोरियाली कम्पनी सामसुङको फोन प्रयोग गर्छन् भने ३२ प्रतिशत जनतासँग अन्य कम्पनीका फोन छन्।

त्यस्तै क्यानडामा ५६ प्रतिशत र अस्ट्रेलियामा ५३ प्रतिशतले आईफोन प्रयोग गर्छन्। यद्यपि यी देशको जनसंख्या अमेरिकाभन्दा निकै कम छ।

बेलायतमा एप्पल आइफोन प्रयोग गर्ने मानिसको संख्या ४८ प्रतिशत, फ्रान्समा ३५ प्रतिशत, जर्मनीमा ३४, इटालीमा ३० प्रतिशत, रुसमा ३० प्रतिशत प्रतिशत र स्पेनमा २९ प्रतिशतले आइफोन प्रयोग गर्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS