IME Life New

आइपीओ अनुमति पाउने पहिलो लघु बीमक बन्यो गार्डियन माइक्रो लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजारमा आइपीओ अनुमति पाउने गार्डियन माइक्रो लाइफ पहिलो लघु बीमक बनेको छ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार गार्डियन माइक्रो लाइफलाई आइपीओ अनुमति दिएको हो। गार्डियन माइक्रो लाइफले गत साउन २४ गते आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

Esewa
Crest

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब गार्डियन माइक्रो लाइफले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्नेछ।

गार्डियन माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

धितोपत्र बोर्डमा गार्डियन माइक्रो लाइफसहित ४ वटा लघु बीमकले आइपीओ ल्याउन अनुमति मागेका थिए। अब क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको आइपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ।

प्रत्येक लघु बीमकले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेका छन्। यी लघु बीमकले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्न धितोपत्र बोर्डको अनुमति मागेका छन्। यी तीनवटाले एनएआईएमबि एस क्यापिटललाई नियुक्त गरेका छन्।

केही समयअघि मात्रै नेपाल बीमा प्राधिकरणले तत्काल आइपीओ ल्याउन निर्देशन दिएको थियो। प्राधिकरणले लघु बीमकको इजाजतपत्र जारी गर्दा न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ। योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् । बाँकी ३० प्रतिशत सर्वसाधारणबाट थप २२ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन लघु बीमकले आइपीओ ल्याउन लागेका हुन्।

हाल ७ वटा लघु बीमा कम्पनी सञ्चालनमा छन्। बाँकी ३ वटाले भने आइपीओ ल्याउन धितोपत्र बोर्डमा निवेदन दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS