IME Life New

आइएमई जनरलको हकप्रद शेयर बाँडफाँड सम्पन्न, नविकेको ९१ हजार १८५ कित्ता बोलकबोल गर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले संस्थापक शेयरधनी समुहको २३ लाख ६१ हजार ४७५ कित्ता हकप्रद शेयर जारी गर्दा  ४५ लाख ३९ हजार १४९ कित्ता शेयर बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

सर्वसाधारण समुहको २२ लाख ६८ हजार ८६९ कित्ता शेयर बिक्री गर्दा ८८ हजार ९३४ कित्ताको लागि भने आवेदन परेन । त्यस्तै संस्थापक शेयरधनी समुहको तर्फबाट भने २ हजार २६१ कित्ताको लागि आवेदन नपरेको क्यापिटलले जनाएको छ ।

Esewa
Crest

कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म १० कित्ता बराबर ४ कित्ताको अनुपातले बिक्रीका लागि आह्वान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज गर्नु भन्दा अगाडीको पूँजी एक अर्ब १५ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ कायम भएको छ । अझै ९१ हजार १९५ कित्ता शेयर बिक्री हुन बाँकी रहेकाले उक्त शेयर बोलकबोल मार्फत बिक्रीका लागि बोलपत्र आह्वान गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS