IME Life New

आइएमई जनरलका पौडेल बीमा ऐन अनुसार सञ्चालक बन्न अयोग्य, मर्जर पछि के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अम्बिका प्रसाद पौडेल बीमा ऐन २०७९ को दफा ५० (ङ) अनुसार सञ्चालक बन्न अयोग्य देखिएका छन् । यस दफा अनुसार अन्य कुनै बीमा कम्पनीको संस्थापक समुहको आधारभुत शेयरधनी अर्को कम्पनीको सञ्चालक बन्न पाइदैन ।

पौडेल अजोड इन्स्योरेन्स कम्पनीको संस्थापक समुहको आधारभुत शेयरधनी रहेका हुन् । उनको अजोडमा २ प्रतिशत शेयर हिस्सा रहेको छ । आइएमई जनरलमा सञ्चालक रहेता पनि पौडेल आधारभुत शेयरधनी भने होइनन् । उनको एक प्रतिशत भन्दा कम शेयर रहेको छ ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अनुसार कुनै पनि एक बीमा कम्पनीको आधारभुत शेयरधनी अर्को बीमा कम्पनीको सञ्चालक बन्न पाइदैन । बीमा ऐन २०७९ को दफा ५०(ङ) मा भएको व्यवस्थालाई कम्पनीहरुले आफुखुसी व्याख्या गर्न थाले पछि प्राधिकरणले संस्थागत सुशासन निर्देशिकामै प्रष्ट सँग एक कम्पनीको आधारभुत शेयरधनी अर्को कम्पनीमा सञ्चालन बस्न नपाउने व्यवस्था गर्न थालेको छ ।

नेपाल लाइफका सञ्चालक शक्तिकुमार गोल्याणको पनि यस्तै अवस्था रहेको छ । गोल्याण एशियन लाइफका आधारभुत शेयरधनी हुन् । एशियन लाइफमा उनको ७.३६ प्रतिशत शेयर स्वामित्व रहेको छ । तर उनि नेपाल लाइफको भने आधारभुत शेयरधनी होइनन् । यसले गर्दा उनले पदबाट राजिनामा दिनु पर्ने प्राधिकरणको भनाइ छ ।

नेपाल लाइफले ‘बीमा ऐन २०७९ को दाफा ५० (ङ) अनुसार बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी सञ्चालकका लागि अयोग्य हुन्छ ।’ भन्ने व्यवस्थामा स्पष्ट नभएको भन्दै तर्क गर्दै आइरहेको छ ।

पौडेल सञ्चालक रहेको आइएमई जनरल र प्रुडेन्सियल कम्पनी एक आपसमा मर्जर हुँदै छन् । आगामी साता एकिकृत कारोबारको तयारीमा रहेको आइएमई प्रुडेन्सियलको पनि पौडेल सञ्चालक बन्दै छन् ।

पौडेल आधारभुत शेयरधनी रहेको अजोड इन्स्योरेन्स कम्पनी युनाइटेड इन्स्योरेन्स सँग मर्जर हुँदैछ । युनाइटेड र अजोड विचमा १०० बराबर ८२.५० को अनुपातमा मर्जर हुँदैछ । मर्जर पश्चात पौडेलको शेयर स्वामित्व ०.८६ प्रतिशतमा खुम्चिनेछ । मर्जर पछि भने पौडेल आइएमई जनरलको सञ्चालक बन्न बाटो खुला हुनेछ । त्यतिन्जेलसम्म पौडेल ऐन अनुसार सञ्चालकका लागि अयोग्य हुनेछन् । बीमा ऐनको यस्तो व्यवस्थाले क्रस होल्डिङ रहेका लगानीकर्तालाई सञ्चालक बन्नबाट रोक्न खोजेको छ । ऐनमा उस्तै किसिमका बीमा कम्पनीमा क्रस होल्डिङ गर्न मनाही छ ।

नेपाल लाइफका सञ्चालक गोल्याणको नियुक्ति गैरकानुनी, एउटाको आधारभुत शेयरधनी अर्कोमा सञ्चालक बन्न पाइदैन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS