IME Life New

आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख कित्ता शेयर असोज ११ बाट बिक्रीमा राखिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख बढी कित्ता शेयर असोज ११ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ।

कम्पनीको सर्वसाधारण समूहतर्फको अवितरित १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर बिक्रीमा राखिने भएको हो। यो शेयरमा असोज २० गतेसम्म खरिद आवेदन दिन सकिनेछ।

Esewa
Crest

कम्पनीले केही समयपछि चुक्तापुँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। त्यस क्रममा बिक्री नभएको शेयर अहिले लिलामीमा बिक्री गर्न लागिएको हो।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम शेयर संख्यामा कुनै हद लाग्ने छैन।

शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालय तथा नबिल बैंकका शाखाहरु बिर्तामोड, वीरगन्ज, हेटौँडा, जावलाखेल, पोखरा, नेपालगन्ज, बाराहताल र धनगढीमा आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS