IME Life New

आँखुखोला जलविद्युत कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज भदौ १६ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत साउन २७ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

म्पनीले हाल कायम चुक्तापुँजीको १५० प्रतिशत अर्थात १० कित्ता शेयरबराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले १ अर्ब २० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र यो हकप्रदमा खरिद आवेदन दिन सक्छन्।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत र सीडीएससीको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS