IME Life New

अस्वच्छ व्यापारिक प्रतिस्पर्धा अन्त्य गर्न ४ निर्जीवन बीमकलाई जापान सरकारको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापान सरकारले ४ वटा ठूलो निर्जीवन बीमा कम्पनीलाई अस्वच्छ व्यापारिक प्रतिस्पर्धा अन्त्य गर्न निर्देशन दिएको छ।

जापान सरकारले प्रिमियम उच्च राख्ने उद्देश्यका साथ अस्वच्छ व्यापारिक प्रतिस्पर्धा अन्त्य गर्दै सभ्य व्यावसायिक अभ्यास गर्न आदेश दिएको हो। जापानका वित्तमन्त्री शुनिची सुजुकीले जापानस्थित ठूला निर्जीवन बीमा कम्पनीहरु एआईवई निस्से डोवा इन्स्योरेन्स, सोम्पो जापान इन्स्योरेन्स, टोकियो मेरिन एन्ड निचिडो र मित्यु सुमितोमो इन्स्योरेन्स यस्तो निर्देशन दिएका हुन्।

Esewa
Crest

चारै कम्पनीलाई ग्राहकका लागि सम्झौता तयार गर्दा एक–अर्कासँग पूर्वपरामर्शमा संलग्न भए नभएकोबारेमा नियामकलाई जानकारी गराएको पनि निर्देशन दिइएको छ। ती कम्पनीहरुले सरकारको निर्देशनलाई गम्भीरताका साथ लिने र ग्राहकमाझ विश्वसनीय काम गर्ने प्रतिबद्धता जनाएका छन्।

जापानको कानुनविपरीत ती कम्पनीहरु अस्वच्छ गतिविधिहरुमा संलग्न रहेको पाइएपछि व्यापारमा सुधार गर्न सरकारले चेतावनी दिएको हो। ‘हामी ती प्रत्येक कम्पनीले सरकारको निर्देशननलाई गम्भीरतापूर्वक लिने विश्वास लिएका छौँ’, मन्त्री सुजुकीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS