IME Life New

असोज ११ गते देखि आउने जनरल इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रति कित्ता एक सयको दरले जनरल इन्स्योरेन्सले यही असोज ११ गते देखि ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

उक्त ३० लाख कित्ता मध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

आवेदन दिने समय :
आईपीओ असोज ११ गते देखि असोज १४ गते सम्म खुल्ने छ । असोज १४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असोज १४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असोज २५ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज १४ गते नै आईपीओ बन्द हुने छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

प्रधान कार्यालय :
यस कम्पनीको रजिष्टर्ड (प्रधान कार्यालय) कार्यालय काठमाण्डौं जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं.१ हात्तिसार, काठमाण्डौमा रहेको छ।

कम्पनीको ईतिहास :
यस कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ मंसिर १० गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । बीमा ऐन, २०४९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७४ माघ २४ मा बीमा व्यवसायय गर्ने इजाजतपत्र प्राप्त गरी मिति २०७५ जेष्ठ २९ गतेका दिन बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृत प्राप्त गरी निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०७५ असार ६ गतेदेखि निर्जीवन बीमा सम्बन्धी व्यवसायीक कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

कम्पनीको शाखा संजाल :
कम्पनीले देशभर ३९ कार्यालयबाट कारोवार गर्दै आएको छ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : १ अर्ब
जारी पुँजी : १ अर्ब
चुक्ता पुँजी : ७० करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : १ अर्ब ( आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको र ३० करोड बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

संस्थापक शेयरधनीको बारेमा जानकारी :

संचालकको जानकारी :
संचालक समितिको अध्यक्षमा कुनाल कयाल छन् । त्यस्तै संचालक समिति सदस्यमा राम चन्द्र खनाल, शशि राज बज्राचार्य , कृष्ण बोहरा र दिपेन्द्र अग्रवाल छन् ।

 

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ ०३  पैसा ऋणात्मक रहको थियो  भने किताबी मूल्य १०१ रुपैयाँ ७६ पैसा थियो ।

त्यस्तै आर्थिक वर्ष ७६/७७को लेखा परिक्षण हुन बाँकी तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ २५ पैसा र किताबी मूल्य १०४ रुपैयाँ ०२ पैसा छ ।

आर्थिक वर्ष ७७/७८ मा भने प्रति शेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा र किताबी मूल्य ११५ रुपैयाँ हुने कम्पनीले प्रक्षेपण गरेको छ र प्रक्षेपित तथ्याङ्कलाई नै आधार मान्दा कम्पनीको आर्थिक वर्ष ७८/७९मा प्रति शेयर आम्दानी १९ रुपैयाँ ८१ पैसा रहेको छ भने किताबी मूल्य १२८ रुपैँया रहेको छ ।

पूँजीको रणनीति :
आईपीओ पश्चात कम्पनीको पुँजी १ अर्ब हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७९/८० सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन।

क्रेडिट रेटिङ्ग:
जनरल इन्स्योरेन्सलाई केयर रेटिङ नेपाल लिमिटेडले  “CARE-NP BB+ (Is) Double B Plus (Issuer)” रेटिङ प्रदान गरेको छ । Issuers with this rating are considered to offer moderate risk of default regarding timely servicing of financial obligations, in Nepal यस्तो संस्थाहरु वित्तीय दायित्वहरुको समयमै सेवा पुर्याउने सम्बन्धमा मध्यम जोखिम भएको मानिन्छ ।

त्यसैगरी साधारण शेयरको लागि “केयर एनपि आईपिओ ग्रेड ४” प्रमाणपत्र प्राप्त गरेको छ । ग्रेड मा मा प्रयोग गरिने + (Plus) चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

कति लगानीकर्तालाई दश कित्ता शेयर पर्ला ? 
धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार २ लाख ७३ हजार जना लागानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS