IME Life New

अर्थमन्त्री माथि छानविन गर्न संसदिय विशेष समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माको विवादित विषयमा छानविन गर्न ११ सदस्यीय विशेष समिति गठन गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरे पछि उक्त समिति गठन गर्न बाध्य भएको हो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका हुन् ।

संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहेका छन् । समितिमा खगराज अधिकारी, देव प्रसाद गुरुङ, पुष्पा भुषाल गौतम, प्रदिप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरला कुमार यादव, सिताराम महतो, सुरेद्र प्रसाद यादव रहेका छन् ।

Esewa
Crest

समितिको कार्यक्षेत्र आर्थिक वर्ष २०७९/८० को करका दरमा हेर फेर गर्ने क्रममा अनधिकृत रुपमा व्यक्तिहरुको प्रवेश गरेको विषयमा छानविन गर्ने रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS