IME Life New

अर्थतन्त्र चलायमान बनाउन माटो सुहाउँदो रणनीति आवश्यकः चन्द्र ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन माटो सुहाउँदो रणनीतिक आवश्य रहेको औंल्याएको छन्।

महासंघको ५८ औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘हाम्रो अर्थतन्त्र सानो भएकोले पुनरुत्थान गर्न सहज रहेको छ’, उनले भने, ‘त्यसका लागि हाम्रो रणनीति कुनै बाहिरी प्रभावभन्दा पनि हाम्रो माटो र परिस्थिति हुनुपर्छ।’

Esewa
Crest

नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै रहेको निजी क्षेत्रको धारणा राखेको अध्यक्ष ढकालले बताए। ‘यस अवधि भारत, बंगलादेशलगायतका देशको आर्थिक वृद्धिदर उच्च रहेको छ’, उनले भने, ‘विश्व बैंकले नेपालको वृद्धिदर ३.३ प्रतिशतमात्र रहने प्रक्षेपण गरेको छ। जब कि बंगलादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत रहेको अनुमान गरेको छ।’

उद्योगधन्दा र व्यापारमा सुस्तता आउँदो अर्थतन्त्र लयमा फर्किन नसकेको ढकालले बताए। ‘अहिले उत्पादनमूलक क्षेत्रको प्रगति ऋणात्मक छ, उद्योगमा अघोषित लोडसेडिङ लागू गरिएको छ’, उनले भने, ‘यसले निजी क्षेत्रलाई हतोत्साहित बनाएको छ।’

साना उद्यमीको सहुलित कर्जा रोकिएको, निर्माण व्यवसायीको भुक्तानी नभएको र चालु पुँजी खर्च कम रहेको अवस्थामा उत्पादन बढाउन र बजारमा रकम प्रवाह गर्ने उपाय खोजी गरिनुपर्ने ढकालको भनाइ थियो। ‘यसतर्फ पनि हाम्रा नीतिहरु निर्माण गर्नुपर्छ भन्ने निजी क्षेत्रको धारणा छ’, उनले भने।

साना र सकारात्मक प्रयासले मुलुकलाई ठूलो प्रतिफल प्राप्त हुने ढकालको भनाइ थियो। ‘यसका लागि सबैले सकारात्मक सोच र सत्प्रयास आवश्यक छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS