IME Life New

अमेरिका भ्रमणमा रहेकै बेला हिमालयन एभरेष्टका सिइओको जागिर चट्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह पदमुक्त भएका छन् । कार्यकाल पुरा नहुँदै सञ्चालक समितिले उनलाइ पदमुक्त गरेको हो।

२०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्ति पाएका शाहको कार्यकाल पुरा हुन डेढ वर्षभन्दा बढी अवधि बाँकी छँदै उनलाई सञ्चालक समितिको बुधबारको बैठकले भोलि बिहीबारदेखि लागू हुने गरी पद मुक्त गरि दिएको हो ।

Esewa
Crest
राइस युनिभर्सिटीको तालिम पश्चात प्रमाण पत्र ग्रहण गर्दै विजय बहादुर शाह

सञ्चालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले जारी गरेको पत्रमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अञ्जु श्रेष्ठलाई दिने निर्णय गरिएको उल्लेख छ । उनले पत्रमा लेखेका छन्, हामी योग्य र अनुभवी प्रमुख कार्यकारी अधिकृतको खोजीमा छौं, तत्कालका लागि नायब प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले नेतृत्व सम्हाल्नेछिन् ।

निर्जीवन बीमक बीचको पहिलो मर्जर सफल बनाउन दिशानिर्देश गरेको उल्लेख गर्दै सञ्चालक समिति अध्यक्ष श्रेष्ठले शाहलाई धन्यवाद दिएका छन् ।

लिडरशिप एकेडेमी नेपाल र अमेरिकाको टेक्सास राज्यको हस्टनस्थित राइस युनिभर्सिटी बिजनेश स्कुलले आयोजना गरेको एडभान्स लिडरशिप ट्रेनिङमा सहभागिताका लागि अमेरिका गएका थिए।

शाहको बर्खास्तीलाई लिएर संस्थाभित्र कर्मचारीहरूको बीचमा मनोबल खस्किने र कामको वातावरण बिग्रिन सक्ने संभावनालाई मध्यनजर गर्दै अध्यक्ष श्रेष्ठले पत्रमा कर्मचारीहरूको कार्य सम्पादनको गहन तरिकाले मूल्याङ्कन गर्ने समेत उल्लेख गरेका छन् ।

वार्षिक व्यवसायीक लक्ष्य पुरा गर्न निर्जीवन बीमकको लागि असार महिनाको व्यापार निक्कै महत्वपूर्ण मानिन्छ। आर्थिक वर्षको अन्तिम महिनामा लामो समय प्रमुख कार्यकारी अधिकृतको अनुपस्थितिले व्यापारमा नकारात्मक असर परेको छ। शाह असार शुरू भएलगत्तै दुई साता भन्दा लामो अवधिका लागि अमेरिका भ्रमणमा गएका थिए । राइस युनिभर्सिटीमा नेपालका सहभागीहरूका लागि तीन दिनको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालू आव २०८०।८१ को जेठ मसान्तसम्मको कारोबार विवरणका अनुसार कुल बीमाशुल्क आम्दानीका हिसाबले हिमालयन एभरेष्ट इन्स्योरन्स चाैथो स्थानमा रहेको छ। गत आर्थिक वर्ष २०७९।८० को कुल बीमाशुल्क आम्दानीको आधारमा हिमालयन एभरेष्ट पाँचाैं स्थानमा रहेको थियो ।

राइस युनिभर्सिटिको तालिममा सहभागिहरू सामूहिक तस्वीर खिंचाउँदै

राइस युनिभर्सिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङ, हिमालयन एभरेष्टका प्रमुख कार्यकारी शाह, एशियन लाइफ सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, ज्योती विकास बैंकका सञ्चालक समिति अध्यक्ष हरिचन्द्र खड्का, सदस्य सन्तोष अधिकारी, सञ्चालक ध्रुव कोइराला, बैंकर तथा पूर्व क्रिकेट खेलाडी पवन अग्रवाल, लिडरशिप एकेडेमीका प्रमुख परामर्शदाता सुमन न्याैपाने लगायत सहभागि रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%
happy

खुसी

21%
sad

दु :खी

32%
amazed

अचम्मित

4%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS