IME Life New

अमेरिकामा गहिरो बैंकिङ संकट, डुब्यो यो ठूलो बैंक, बीमा कोषलाई ६६.७० करोड डलरको भार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकातिर चीनमा बैंकिङदेखि रियल इस्टेट संकट चरम सीमामा छ भने अमेरिकाको अवस्था पनि निकै नाजुक छ। बैंकिङ संकट अमेरिकामा गहिरिँदै गएको छ।

रिपब्लिक फर्स्ट बैंक अमेरिकाको बैंकिङ संकटको पछिल्लो उदाहरण बनेको छ। यो सन् २०२४ को पहिलो अमेरिकी बैंक हो, जुन टाँट पल्टिएको छ। यसअघि गत वर्ष थुप्रै बैंक टाँट पल्टेका थिए।

Esewa
Crest

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित रिपोर्टका अनुसार फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले सबै कमीकमजोरीलाई उजागर गरेर बैंकलाई जफत गरेको छ।

रोयटर्सको रिपोर्टअनुसार अमेरिकी बैंकिङ क्षेत्रका लागि यो वर्षको पहिलो सबैभन्दा खराब समाचार आएको छ। गत शुक्रबार एफडीआईसीले अमेरिकी नियामकहरुले रिपब्लिक फर्स्टलाई नियन्त्रण गरेर फुल्टन बैंकलाई बेच्न सहमत भएको जनाएको छ।

रिपब्लिक फर्स्ट बैंक पेन्सिल्भेनिया, न्यु जर्सी र न्युयोर्कमा सञ्चालित क्षेत्रीय बैंकका बारेमा एफडीआईसीले भन्यो, ‘जनवरी ३१ सम्म यो बैंकको सम्पत्ति ६ अर्ब डलर थियो र लगभग ४ अर्ब डलरको निक्षेप थियो। यो बैंक टाँट पल्टेपछि निक्षेप बीमा कोषले करिब ६६.७० करोड डलरको भार व्यहोर्नुपर्ने हुन सक्नेछ।’

रिपोर्टअनुसार फुल्टन बैंक टाँट पल्टेको रिपब्लिक फर्स्ट बैंकलाई टेकओभर गरेको छ। बैंकको सबै निक्षेप र सम्पत्ति फुल्टन बैंकले खरिद गरेको छ। यतिमात्र होइन शनिबारदेखि फुल्टन बैंक शाखाको नाममा रिपब्लिक फर्स्ट बैंकका ३२ वटा शाखा पनि खोलिएका छन्।

यसअघि अमेरिकामा सिटिजन बैंक, सिलिकन भ्याली र सिग्नेचर बैंक पनि बन्द भइसकेका छन्। जुन अमेरिकामा गहिरो बैंकिङ संकटको ठूला उदाहरण हुन्।

गत वर्ष २०२३ मा वाल स्ट्रिट जर्नलले एक रिपोर्टमा रिपब्लिक फर्स्ट बैंकले लगानी समूहसँग सम्झौता गरेको बताएको थियो। तर यो प्रयास पनि २०२४ फेब्रुअरीसम्म बेकार भयो। सम्झौता असफल भएपछि एफडीआईसीले बैंक नियन्त्रणमा लिएर बेच्ने प्रयास पुनः सुरु गरेको थियो।

गत वर्ष रिपब्लिक फर्स्ट बैंकले रोजगारीमा भारी कटौती गर्न थालेपछि संकट गहिरिँदै गएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

43%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS