IME Life New

अभिकर्ता तालिम संचालनका लागी स्वचालित प्रणाली ल्याउँदै नेपाल लाईफ, कस्ता हुनेछन् विशेषता?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । बीमा अभिकर्ताकाे इजाजत पत्र वितरणलाई प्रभावकारी बनाउनका लागी नेपाल बीमा प्राधिकरणले सूचना प्रविधिकाे प्रयाेगमा जाेड दिई रहेका बेला नेपाल लाईफ इन्स्याेरेन्सले एक कदम अघि बढेर अभिकर्ता तालिम स‌ंचालनका लागी पूर्णस्वचालित प्रणाली प्रयाेगमा ल्याउने तयारी गरेकाे छ ।

नेपाल लाईफले बीमा अभिकर्ता सम्बन्धी तालिम लिन चाहने र अभिकर्ता पेशा अंगाल्न चाहने आ‌कांक्षीले जुनसुकै बेला जहाँसुकैबाट पनि तालिममा सहभागीता जनाउन सक्ने सुविधा सहितकाे लर्निङ म्यानेजमेन्ट सिस्टम-एलएमएस (सिकाई व्यवस्थापन प्रणाली) प्रयाेगमा ल्याउन लागेकाे हाे । प्रस्तावित सफ्टवेयर प्रणालीमा आवेदक स्वयमले पनि आफ्नाे शैक्षिक, चारित्रिक प्रमाण पत्र, नागरिकता, फाेटाे, स्थायी लेखा नम्बर प्रमाण पत्रलगायतकाे दस्तावेज प्रविष्ट गर्न सक्ने सुविधा उपलब्ध हुनेछ । याे प्रणाली प्रयाेगमा ल्याएकाे अवस्थामा भाैतिकरुपमा तालिममा सहभागीता जनाउनै पर्ने बाध्यता रहनेछैन । कम्पनीले ईच्छुक आपूर्तीकर्ता वा सफ्टवेयर कम्पनीलाई माघ ५ गते बिहीबार २०७९ (१९ जनवरी २०२३ ) सम्ममा शिलबन्दी प्रस्ताव पेश गर्न वेबसाइटमार्फत् सार्वजनिक सूचना प्रकाशन(हेर्नुहाेस् सूचना) गर्दै आह्वान गरेकाे छ।

Esewa
Crest

अभिकर्ता तालिममा सहभागीताका लागी आवेदन फारम भर्ने तर तालिममा सहभागी नहुने प्रवृत्ति बढ्दै जाँदा बीमा कम्पनीहरुलाई तालिममा सहभागीहरुकाे फर्जी उपस्थिति जनाउनुपर्ने बाध्यता रहेकाे थियाे । प्राधिकरणले क्यामेरा सहितकाे डेस्कटप, ल्यापटप, ट्याब, माेबाइललगायतकाे उपकरणकाे माध्यमबाट परिक्षामा सहभागी भएर अभिकर्ता इजाजत पत्रका लागी परिक्षा उतीर्ण हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी अन्तिम चरणमा रहेकाले नेपाल लाईफले विकास गर्न लागेकाे प्रविधि अन्य बीमा कम्पनीका लागी पनि उपयाेगी हुने देखिएकाे छ ।

कम्पनीले रुची राख्ने जाेसुकैले जीवन बीमा सम्बन्धी उपयाेगी जानकारी लिन, जिज्ञासा व्यक्त गर्न, अनुभव साट्न, अनलाइन परिक्षामा सहभागीता जनाउन र आफ्नाे प्राप्ता‌ंकबारे जानकारी लिन सक्नेछन् । तालिममा सहभागीताका लागी निर्धारण गरिएकाे शुल्क समेत विभिन्न विद्युतीय भुक्तानी सेवा प्रदायकमार्फत् भुक्तानी गर्नका लागी सफ्टवेयरमै सुविधा उपलब्ध हुनुपर्ने प्राविधिक आवश्यक्ता सम्बन्धी सूचीमा उल्लेख गरेकाे छ।

Nepal Life Learning Management System

नेपाल लाईफले सफ्टवेयर उत्पादन र जडानसहितकाे सेवा प्रदान गर्नका लागी ईच्छुक सूचना प्रविधि कम्पनीसँग लिखित प्रस्ताव समेत माग गरेकाे छ। सूचनामा सामाजिक संजाल फेसबुक, युट्यूब, टिकटक, जुमलगायतबाट प्रशारण हुने श्रव्यदृश्य सामाग्रीहरू एलएमएसमा सहजै प्रयाेग गर्न सकिने र प्रयाेगकर्ताले डेस्कटप, ल्यापटप, ट्याब, माेबाइललगायतकाे उपकरणकाे प्रयाेगबाट तालिममा सहभागीता जनाउन, प्रतिकृया जनाउन, परिक्षामा सहभागी हुन सक्ने सुविधा समेत हुनुपर्ने प्राविधिक विशेषता उल्लेख गरेकाे छ । यसबाहेक सामूहिकरुपमा सहभागीहरूलाई प्रवेश गराउन सक्ने वा प्रवेशमा बन्देज लगाउन सकिने सुविधा समेत हुनुपर्ने माग गरेकाे छ ।

अभिकर्ता इजाजत पत्रमा केन्द्रीत रहेर याे सफ्टवेयर प्रणाली विकास गरिए पनि कम्पनीका नयाँ कर्मचारी, कार्यरत कर्मचारीकाे तालिम, दक्षता अभिवृद्धि तथा कम्पनीका बीमा याेजना र अन्य विषयमा समेत तालिम संचालन गर्न र तालिमकाे प्रभावकारीता मापन गर्न याे प्रणाली उपयाेगमा ल्याउने उद्देश्य देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS